झापा : झापाको कमल गाउँपालिका ५ आदिबासी रङ्गशाला अगाडि पूर्व–पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्लाही भक्तिपुर गाउँपालिका ३ ईश्वरपुर घर भई घुम्दै–फिर्दै आई सोही स्थानमा पाल टागेर बस्ने लोहरा कापरीको छोरा ४ वर्षीय मानव कापरी रहेका छन् ।
आज (शुक्रबार) दिउँसो साढे ११ बजे पश्चिम आउँदै गरेको प्रदेश ०३–००१ च ०३६४ नम्बरको पिकअप गाडीले बाटो क्रस गर्दै गरेका बालकलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
पिकअप र चालक मकवानपुर हेटौँडा नगरपालिका ११ का २४ वर्षीय अजय पाख्रीनलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।














Discussion about this post