झापा : झापा शिवसताक्षी नगरपालिका ११ झिलझिले स्थित पूर्व–पश्चिम राजमार्गमा लहरीको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शिवसतासक्षी नगरपालिका ८ की ३३ वर्षीया सुनिमा राई लिम्बू रहेकी छन् ।
शनिबार बेलुका पश्चिमतर्फ जाँदै गरेको प्र २–०३–००१ ख ४२३० नम्बरको लहरीले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने लहरी र चालक चितवन राप्ती नगरपालिका १ का ३१ वर्षीय प्रविन लामा इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post