धरान : रत्न तथा आभूषण संघका सदस्यहरुको आर्थिक विकासमा ज्योति विकास बैंकले सहयोग गर्ने भएको छ ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले आफ्ना सदस्यहरुलाई ऋणका साथै व्यवसायिक विकासका लागि बैंकसँगको सहकार्य सुरु गरेको हो ।
सुनसरी रत्न तथा आभूषण संघले आयोजना गरेको कार्यक्रममा ज्योति विकास बैंक लिमिटेडका क्षेत्रिय प्रमुख परमेश्वर शाक्य लगायत धरान, इटहरी र विराटनगरका शाखा प्रबन्धकहरु सहभागी थिए ।
उनीहरुले सुनचाँदी व्यवसायीहरुले बैकिङ्ग लाभ कसरी लिन सक्छन् भन्नेबारे जानकारी दिएका थिए ।
कार्यक्रमका सभापति तथा सुनसरी रत्न आभुषण संघका अध्यक्ष टेकबहादुर येङदेनले स्वागत मन्तव्य प्रदान गरेका थिए । उनले बैंक र संघबिचको समन्वय र सहकार्यका विषयहरुका बारेमा जानकारी दिएका थिए ।
यस्तै नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ १ नं प्रदेश संयोजक तथा संघका संस्थापक अध्यक्ष विशन शाक्यले व्यवसायी र बैंकबीच बैंकिङ सहकार्यमा जोड दिँदै अवसरको सदुपयोग गर्न सदस्यहरुलाई अनुरोध गरे ।














Discussion about this post