धरान : कोरोना भाइरसको अवस्थालाई मध्येनजर गर्दै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय बेड आइसोलेसनको उपचार केन्द्र सञ्चालनमा आउने भएको छ ।
प्रतिष्ठानमा रहेको पुर्नस्थापना केन्द्रलाई कोभिड १९ उपचार केन्द्रमा परिणत गरिन लागेको प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीले बताए । उक्त आइसोलेसनमा १० बेडभन्दा बढी आइसियु समेत रहने उनको भनाई छ । उनका अनुसार आगामी १२ गतेभित्रमा आइसोलसन सहितको उपचार केन्द्र तयार हुनेछ । अहिले कोभिड–१९ का कारण प्रतिष्ठानको ओपिडी सेवा रोकिएको छ । आकस्मिक कक्ष, बच्चाको आकस्मिक कक्ष र गाइनोबाट उपचार सेवा प्रवाह भइरहेको छ प्रतिष्ठानले जनाएको छ ।
यस्तै, प्रतिष्ठानमा अनलाइनबाटै पुर्जी काट्न मिल्ने भएको छ ।
आगामी वैशाख १३ गतेभित्रबाट प्रतिष्ठानको विभिन्न सेवा प्रवाह गर्न मोवाइल एप्स पनि तयार भइरहेको प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरीशंकर शाहले जानकारी दिए । ‘मोवाइल एप्स तयार भएपछि प्रतिष्ठानमा पुर्जी काट्न, विल पेमेन्ट गर्न सकिन्छ,’ उनले भने, ‘अनलाइनबाट नै हामीले रिपोर्ट पनि लिन सकिने गरीको तयार गरिरहेका छौँ ।’
अनलाइन सेवा सञ्चालनमा आएपछि पुर्जी काट्न, विल तिर्न र ल्याब रिपोर्ट लिन घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता हट्ने उनको भनाई थियो ।
राष्ट्रिय जनसहयोग कलेजमा तीनदिने अनुसन्धान लेखन कार्यशाला
इटहरी : इटहरी २० तरहरास्थित राष्ट्रिय जनसहयोग कलेजमा “अनुसन्धान लेख कसरी लेख्ने” विषयक तीनदिने अनुसन्धान लेखन कार्यशाला सुरु भएको छ।...













Discussion about this post