इटहरी : उदयपुरमा भेटिएका १२ जना कोरोना संक्रमितसँगै विराटनगर पठाइएका ४ जनालाई मोरङको टाडीमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको छ ।
उदयपुरको मस्जिदमा बस्दै आएका १६ जना मध्ये १२ जनालाई कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । तर, उदयपुरको स्थानीय प्रशासनले भने १६ जनालाई नै विराटनगर पठाएको थियो ।
कोरोना विषेश अस्पतालले अन्य ४ जनालाई भर्ना गर्न नमानेपछि शुक्रबार राती नै ती ४ जनालाई क्वारेन्टाइनमा पठाईएको उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए । चिकित्सकहरुले कोरोना नदेखिएकाहरुलाई भर्ना नगर्ने बताएसँगै उनीहरुलाई क्वारेन्टाइनमा पठाईएको पहाडीको भनाई छ ।
इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ
इटहरी : इटहरीबाट प्रहरीले लागूऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ। इटहरी–११ बाट प्रहरीले १ हजार ६८० क्याप्सुल ट्रामाडोल र...











Discussion about this post