Monday, September 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

शेयर बजार : एक सातामा ३८ अर्बको कारोबार

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २, २०७८
in विविध, समाचार
0
एक सातामा ४२ अर्बको शेयर कारोबार
98
SHARES
Share on FacebookShare on Twitter

धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रह्यो । नेप्से ओर्लने क्रम अगाडि बढ्दै जाँदा दुई हजार ८०० को विन्दुमा झरेको छ । झन्डै तीन हजार ३०० को विन्दुमा पुगेको नेप्से परिसूचक क्रमशः ओरालो लागेको हो ।

यस साता कारोबार भएका पाँच दिनमध्ये दुई दिन नेप्से परिसूचकमा सुधार भयो भने तीन दिन ओरालो लाग्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल २३१ कम्पनीको सात करोड चार लाख ४७ हजार ७१७ कित्ता शेयर रु ३८ अर्ब ३१ करोड ७८ लाख ८२ हजार ७१५ मूल्यमा खरिद–बिक्री भए ।

बैंक तथा वित्तीय संस्थाको बढ्दो ब्याजदर तथा तरलताको अभावका कारण पनि बजारमा प्रभाव परेको छ । आइतबार साताकै सबैभन्दा धेरै कारोबार भएको थियो । तीन दिन रु नौ अर्बको कारोबार भए पनि दुई दिन रु पाँच अर्बमा सीमित भयो ।

साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भयो । त्यस दिन नेप्से ७१।४३ अङ्कले बढेर दुई हजार ९४७।४२ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापक ‘सेन्सेटिभ इन्डेक्स’ १३।०३ विन्दुले बढेर ५४८।२९ मा पुग्यो । कूल २३१ कम्पनीको एक करोड ७१ लाख ३३३ कित्ता शेयर रु नौ अर्ब ४४ करोड ३५ हजार २४४ मूल्यमा खरिद–बिक्री भए । कारोबार भएका १३ उपसमूहमध्ये सामूहिक लगानी कोषको मात्रै ०।०५ विन्दुले ओरालो लाग्यो भने १२ उपसमूहको शेयर उकालो लागेको थियो । त्यस दिन कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रही रु ७३ करोड ७७ लाख आठ हजार ६८५ बराबरको खरिद बिक्री भयो । आइतबार विभिन्न नौ कम्पनीका शेयरमा सर्किट लाग्यो ।

साताको दोस्रो दिन नेप्सेमा झिनो अङ्कको वृद्धि भयो । त्यस दिन नेप्से परिसूचक ०।२७ विन्दुले उकालो लागेर दुई हजार ९४७।६९ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने ‘सेन्सेटिभ इन्डेक्स’ ०।५५ विन्दुले बढेर ५४८।८७ मा पुग्यो । कूल २२६ कम्पनीको एक करोड ५६ लाख ८१ हजार १८४ कित्ता शेयर रु नौ अर्ब २९ करोड पाँच लाख ५४ हजार १५५ मूल्यमा खरिद बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ४१ खर्ब २५ अर्ब ४६ करोड ८६ लाख ४० हजार बराबर पुग्यो ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये सात उपसमूहको शेयर उकालो लाग्दा छ उपसमूहको शेयर ओरालो लाग्यो । त्यस दिन पनि कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रही रु ६१ करोड ९३ लाख ५० हजार ७९३ बराबरको शेयर खरिद बिक्री भयो । त्यस दिन नेप्सेमा अजोड अजोड इन्सुरेन्स, मनकामना स्मार्ट लघुवित्त, सानिमा लाइफ इन्सुरेन्सको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।

साताको तेस्रो दिन नेप्सेमा दोहोरो अङ्कको गिरावट देखियो । नेप्से परिसूचक १८।५४ विन्दुले ओरालो लागेर दुई हजार ९२९।२८ मा ओर्लियो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३।२१ विन्दुले ओरालो लागेर ५४५।६६ मा पुग्यो । नेप्सेसँगै कारोबार रकमसमेत घट्न पुग्यो । कूल २२२ कम्पनीको एक करोड छ लाख ३९ हजार ८२६ कित्ता शेयर रु पाँच अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब ९९ अर्ब ५१ करोड ७२ लाख ४० हजारको हाराहारीमा रहेको थियो ।

त्यस दिन कारोबार भएका १३ वटै उपसमूहको शेयरसमेत ओरालो लाग्यो । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रही रु २७ करोड तीन लाख ७० हजार ५२४ बराबरको शेयर खरिद बिक्री भयो । साताको चौथो दिन बुधबार नेप्सेमा उच्च अङ्कको गिरावट देखियो । त्यस दिन नेप्से ४०।२६ अङ्कले घटेर दुई हजार ८८९।०३ मा ओर्लियो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७।१६ विन्दुले घटेर ५३८।५० मा सीमित भयो । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत रु पाँच अर्बमा सीमित भयो । कूल २२२ कम्पनीको एक करोड पाँच लाख ५७ हजार ८६६ कित्ता शेयर रु पाँच अर्ब ३५ करोड ८० लाख ९७ हजार २५१ मूल्यमा खरिद बिक्री भए ।

बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब ४३ अर्ब १८ करोड ९७ लाख ५० हजार बराबर रहन पुग्यो । कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लाग्न पुग्यो । शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्सेमा पहिरो लाग्यो तर कारोबार नौ अर्बमाथि रह्यो । त्यस दिन नेप्से परिसूचक ७६।६५ विन्दुले ओरालो लागेर दुई हजार ८१२।३८ मा ओर्लियो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२।७३ अङ्कले घटेर ५२५।७८ मा सीमित भयो ।

कूल २२९ कम्पनीको एक करोड ६४ लाख ६८ हजार ५०८ कित्ता सेयर रु नौ अर्ब तीन करोड ३९ लाख ६२३ मा कारोबार भयो । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य ओरालो लागे ।

Tags: #अर्थ#राससनेप्सेशेयर कारोबार
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ
FEATURE BREAKING

लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २८, २०८३
0

इटहरी : लेनदेन बिगोसम्बन्धी मुद्दामा दुई वर्ष कैद सजाय तोकिएपछि फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । इलाका...

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत
Uncategorized

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

by टाकुरा न्यूज । इटहरी
भदौ २८, २०८३
0

उदयपुृर । भोटेकोशी बाढीमा नुवाकोटको त्रिशूलीबाट बेपत्ता भएका उदयपुरका ४२ वर्षीय देवेन्द्र घिमिरेको प्रतीकात्मक कुशको शव बनाएर शनिबार अन्त्येष्टी गरिएको...

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

भदौ २८, २०८३
पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

भदौ २८, २०८३
हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

हुङ्गा खोला थुनिएपछि नदी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनकाे अनुराेध

भदौ २८, २०८३
जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ

जमिन भासिएर पहिरो : तीन घर बगे, त्रासमा गाउँ

भदौ २८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

भदौ २८, २०८३
रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

रसुवा बाढीको कहर : कुशको शव बनाएर घिमिरेको सद्गत

भदौ २८, २०८३
हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

हाते कल चलाउँदा करेन्ट लागेर एकको ज्यान गयो

भदौ २८, २०८३
पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

पुस्तकालय स्थापना गर्न लाइब्रेरी फाउण्डेशन र उद्योग वाणिज्य सङ्घबीच सम्झौता

भदौ २८, २०८३



लाेकप्रिय

  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    686 shares
    Share 274 Tweet 172
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    350 shares
    Share 140 Tweet 88
  • लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    347 shares
    Share 139 Tweet 87
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.