झापा : झापा अर्जुनधारा नगरपालिका २ घर्लेनी टोल को भित्रि सडक खण्डमा क्रेनले किचेर एक जनाको घटनास्थलमानै मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरी बोधेबर्साइन ५ का ३५ वर्षीय जोगेन्द्र प्रसाद साह रहेका छन् ।
हिजो बेलुका सुखानीबाट टाईटिङ खोला तर्फ जादै गरेको ना १ क ५४०० नम्बरको क्रेन गाडीको पछाडी साइडको भागमा चढी बसेको मदन भण्डारी लोकमार्गको पुल निर्माण गर्ने रसुवागढी कन्ट्रक्सनको कामदार रहेका साहको क्रेनको पछाडीको बाँया साइडको चक्काले किच्दा घटनास्थलानै मृत्यु भएको थियो ।
क्रेन र क्रेन चालक रौतहट रंगपुर २ का २४ वर्षीय मुकेश चौधरी इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।




















Discussion about this post