इटहरी : भनिन्छ, दशा बाजा बजाएर आउँदैन । मानिसले जे नहोस् भन्छ, त्यहि नै हुन्छ । यस्तै भयो खोटाङको ऐँसेलुखर्क गाउँपालिका वडा नं. २ बस्ने डम्बर कुमारी पुरीलाई ।
यम कुमार पुरीको २८ वर्षीय छोरी डम्बर कुमारी पुरी अहिले दुवै मृगौला फेल भएर काठमाण्डौँमा उपचाररत छिन् । पुरीको उच्च रक्तचापको कारण दुवै मृगौला फेल भएको चिकित्सकहरुले बताएका छन् ।
२८ वर्षकै उमेरमा यस्तो गम्भीर रोगबाट ग्रसित उनको औषधि उपचारले मात्र निको नहुने भएको छ। मृगौला प्रत्यारोपण गरेमात्र उनको जीवन बच्ने भएको छ ।
खोटाङ जिल्ला अस्पतालमा रोग पत्ता लागेपछि उनलाई विराटनगरको नोबेल अस्पताल रेफर गरियो, त्यसपछि विभिन्न अस्पताल हुँदै अहिले काठमान्डौको शिक्षण अस्पतालमा भर्ना भई हेमो डाईलासिस गरिदैँ आएको परिवारले जनाएका छन् ।
क्रस म्याच मिल्यो भने डम्बर कुमारीकै ५५ वर्षीय बुबा यम कुमार पुरीले आफ्नो छोरीलाई एउटा मृगौला दिन्छु भनेको भएतापनि मृगौला प्रत्यारोपण गर्नलाई आवश्यक पर्ने २० लाख रुपैँया लाग्ने र कमजोर आर्थिक अवस्थाको कारण पुरीको परीवारले उक्त रकम जुटाउन नसक्ने भएपछि बाकाचोल सेवा समाजले बचाउ अभियाननै सञ्चालन गरेको छ।
पीडित डम्बर कुमारी उक्त संस्थाको आजीवन सदस्य रहेकि र आर्थिक सहयोग गरी जीवन बचाई दिनु भन्दै निवेदन समेत दिएकी छन् । मातृभूमि बाकाचोल सेवा समाजले बैठकनै बसेर संस्थाकै आजीवन सदस्य डम्बर कुमारी पुरीको जीवन रक्षाको लागि सामाजिक संजाल मार्फत सहयोगको अपिल गर्ने निर्णय गरेको अभियान्ता टीकाराम पुरीले बताए ।
उनको जीवन रक्षाको लागि सम्पूर्ण मनकारी स्वदेशी तथा बिदेशीलाई सहयोगका लागि अपिल समेत गरेका छन् ।
पीडित डम्बरकुमारी पुरीको राष्ट्रिय बाणिज्य बैँक एसेलुखर्क शाखाको खाता नम्बर २३३०१०००००६३४०१० मा सहयोग गर्न सकिने साथै ९८४२७३९४२५ नम्बरमा समेत कुरा गर्न सकिने परिवारजनले बताएका छन् ।














Discussion about this post