खेतीपातीको महत्वपूर्ण समयमा समेत मल नपाएपछि आक्रोशित किसानले सडकमा टायर बालेर प्रदर्शन गर्दै मलको सहज आपूर्तिको माग गरेका हुन्।
स्थानीय किसानले मल वितरणको जिम्मेवारी पाएका डिलरहरूले किसानलाई मल उपलब्ध नगराई भारततर्फ महँगो मूल्यमा बिक्री गर्ने गरेको आरोप लगाएका छन्। उनीहरूले मलको अभाव कृत्रिम रूपमा सिर्जना गरी कालोबजारी भइरहेको आशंका गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
आपूर्ति व्यवस्थापनको जिम्मेवारी सम्हालेका मन्त्रीकै निर्वाचन क्षेत्रमा किसानले मल नपाएर सडकमा उत्रिनुपर्ने अवस्था आएपछि सरकारी आपूर्ति व्यवस्थापनमाथि प्रश्न उठेको छ।
किसानले तत्काल मलको आपूर्ति सहज बनाउन, डिलरहरूको गतिविधिबारे छानबिन गर्न र मल तस्करी तथा कालोबजारीको आरोपमाथि निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन्।
















Discussion about this post