धरान : ‘दिन बिताउँछु, रिक्सा कुदाउँछु’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
धरानमा शुक्रबार (आज) आयोजित एक कार्यक्रमकाबीच वरिष्ठ कवि बम देवानले म्यूजिक भिडियो सार्वजनिक गरे । कुपी क्रिएसनको आधिकारिक युट्युब च्यानलमार्फत् भिडियो सार्वजनिक गरिएको गीतकार विशाल नाल्बोले जानकारी दिए ।
उनका अनुसार निम्न वर्गीय जनजीवनको प्रेमकथा समेटिएको विषयवस्तुलाई गीतमार्फत उठान गरिएको छ ।
रङ्गकर्मी विष्णु मोक्तानको शीर्ष भूमिका रहेको म्यूजिक भिडियोमा कलाकार तुलसा थापाले सब्जीवालीको भूमिका निभाएकी छिन् भने विष्णुले रिक्सावलको भूमिका निभाएका छन् । भिडियोमा सुजाता राई, अश्विन सुवेदी र सन्देश दाहालको पनि भूमिका छ ।
गीतमा कुमार प्रधान ‘कल्पित’ तथा प्रिया लामा तामाङले आवाज भरेका छन् । एरेन्जरमा सुम समीर, मिक्सिङ, मास्टरिङ तथा रेकडिष्टमा कपिल सुनुवार रहेका छन् । म्युजिक भिडियोको छायाङ्कन देवराज सिग्देलले गरेका छन् । सम्पादन अनिल राना मगरले गरेका छन् ।
भिडियोको निर्देशन हरि ईवाहाङ लिम्बूले गरेका छन् ।
भिडियो














Discussion about this post