खोटाङ : मध्यपहाडी लोकमार्गअन्तर्गत रबुवाबाट दिक्तेलतर्फ जाँदै गरेको ट्याक्टर आफैँ अनियन्त्रित भई पल्टिँदा सहचालकको घटनास्थलमै मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार तीव्र गतिका कारण अनियन्त्रित भई स १ त ७०७१ नम्बरको ट्याक्टर पल्टिँदा सहचालक खोटाङको रूपाकोटा मझुवागढी गाउँपालिका ४ का १८ वर्षीय पिलक्स राईको मृत्यु भएको हो ।
ट्याक्टरका चालक हलेसी तिवाजुङ नगरपालिका ३ का २४ वर्षीय महेन्द्र राईलाई प्रहरी चौकी नुनथलाले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।














Discussion about this post