झापा : तास खेलिरहेको अवस्थामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कमल गाउँपालिका–३ केर्खा स्थित सोही गाउँपालिका–४ बस्ने ३३ वर्षीय संजिव लिम्बुको ल्याण्ड होटलमा तास खेलिरहेको अवस्थामा लिम्बु लगायत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
होटलमा जुवातास खेलिरहेको सूचना प्राप्त हुनासाथ गएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५० हजार रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
प्रकाउ परेका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post