खोटाङ : खोटाङमा ससुरालीबाट टीका लगाएर घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्राङस्थित ससुराली घरमा टीका लगाएर घर फर्कनेक्रममा संखुवासभाको चैनपुर नगरपालिका ८ चैनपुरका ४९ वर्षीय लेखबहादुर राउतको मृत्यु भएको हो ।
राउतको शुक्रबार बाम्राङकै नंग्रेखोलामा भीरबाट करिब ५० मिटर तल खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी उमेश लम्सालले जानकारी दिए ।
मादक पदार्थ सेवन गरेका कारण राउत लडेको अनुमान गरिएको छ । राउतको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल पु-याइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post