इटहरी : इटहरीमा रहेको भाटभटेनी सुपरमार्केटले इटहरी उपमहानगरपालिकालाई ११ लाख दिएको छ ।
केहीदिनअघि आएको बाढीबाट प्रभावित भएकालाई राहत, उद्दार र पुर्नस्थापनाका लागि भन्दै भाटभटेनीले इटहरी सरकारलाई सोमबार ११ लाख दिएको हो ।
भाटभटेनी सुपरस्टोरका प्रवन्ध निर्देशक मीन कुमार गुरुङका तर्फबाट प्रवन्धकद्वय लक्ष्मी गुरुङ र मायाँ रानामगरले मेयर द्धारिकलाल चौधरीलाई ११ लाख रकमको चेक हस्तान्तरण गरे ।
मेयर चौधरीले चेक बुझ्दै धन्यवाद ज्ञापन गरेका थिए । यस्तै, क्षतिको विवरण जिल्ला प्रशासन कार्यालयमार्फत संघीय सरकारमा पठाइने उनले बताए ।
उक्त रकम उपमहानगरपालिकाको प्रकोप कोषमा जम्मा भएको छ ।














Discussion about this post