Sunday, September 6, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सुनसरीमा हिरासतभित्र मृत्यु प्रकरण : गृह मन्त्रालयको टोली छानबिन गरेर फर्कियो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०७८
in समाचार
0
सुनसरीमा हिरासतभित्र मृत्यु प्रकरण : गृह मन्त्रालयको टोली छानबिन गरेर फर्कियो
583
SHARES
Share on FacebookShare on Twitter

सुनसरी : असोज २४ गते जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका थुनुवाको मृत्यु घटनाको अनुसन्धानको लागि गृह मन्त्रालयको अध्ययन तथा छानबिन समितिले घटनाको छानबिन गरि फर्किएको छ ।

गत ७ गते गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा बनेको छानबिन समितिले इनरुवा आएर दुई दिन घटनाको छानबिन गरि फिर्किएको हो ।

छानबिन समितिमा गौतमसहित प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक प्रविण पोखरेल, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक विकास पाण्डे र कारागार व्यवस्थापन विभागका शाखा अधिकृत गणेश गौतम इनरुवा आएका थिए ।

छानबिन समितिले हिरासत भित्र कसरी थुनुवाले आत्महत्या गर्न सम्भवत भयो भन्ने विषयमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सञ्जय सिंह थापा, डीएसपी नरेन्द्र कार्कीसँग बयान लिएको थियो । यस्तै घटना हुदाँका डिउटी अफिसर, सेन्ट्री कमान्डर र सेन्ट्रीहरुसँग घटनासँग पनि बयान लिएको छ । घटना हुँदा असई बिरेन्द्र यादव डिउटी अफिसर थिए भने हबलदारको कमान्डमा ४ जना प्रहरी सेन्ट्रीमा खटिएका थिए ।

छानबिन समितिले प्रहरी अलावा हिरासतमा रहेका केही थुनुवाहरुसग पनि सोधपुछ गरेको थियो । समितिले घटना हुदाको सिसिटिभी फुटेजको समेत अध्ययन गरेको छ ।

यस्तै छानबिन समितिले मृतक परिवारका आफन्तसँग पनि भेटघाट गरेको थियो । गौतमको संयोजकत्वमा रहेको छानबिन समितिले अन्य जिल्लामा पनि हिरासत तथा कारागारमा घटेका घटनाको छानबिन गरि सुझावसहितको प्रतिवेदन सार्वजनिक गर्ने बताइएको छ ।

यता जिल्लागत हिसाबले सुनसरीका सहायक प्रजिअ आनन्द पौडेलको नेतृत्वमा बनेको छानबिन समितिले पनि काम गरिरहेको छ । ७ सदस्य समितिले प्रहरी हिरासत भएको घटना र त्यसपछि परिस्थितिको अध्ययन अनुसन्धान गरिरहेको सहायक प्रजिअ आनन्द पौडेलले जानकारी दिए ।

‘छानबिन भइरहेको छ,स्थानीय तहका जनप्रतिनिधि पनि छानबिन समितिमा छन्’ पौडेलले भने ‘अब मृतक परिवारसँग भेटघाट गर्न बाँकी छ ।’ गृह मन्त्रालयबाट आएको छानबिन समितिले आफ्नो काम सकेर फर्किएको समेत पौडेलले जानकारी दिए ।

गत असोज २४ गते अभद्र व्यवहारको कसुरमा भोक्राहा ५ का २५ वर्षीय मोहम्मद हकिम साहले हिरासत भित्रै पासो लगाए आत्महत्या गरेका थिए । यो घटनापछि मृतक परिवारले प्रहरीमाथि आक्रोश पोख्दै प्रर्दशन गरेका थिए । जस कारण प्रहरीसहित धेरै सङ्ख्यामा प्रर्दशनकारी घाइते भएका थिए भने एक घरमा आगजनी गरिएको थियो ।

अपराधन्यूजबाट ।

Tags: #सुनसरी#सुनसरी प्रहरीछानबिन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता
समाचार

उदयपुरमा बढ्दो सुरक्षा चुनौती : १०० आत्महत्याका घटना दर्ता

by टाकुरा न्यूज । इटहरी
भदौ २१, २०८३
0

माधव पोखरेल उदयपुर । उदयपुरमा समग्र अपराधका घटना केही घटे पनि आत्महत्या, सवारी दुर्घटना र महिलामाथि हुने हिंसाका घटनाले सुरक्षा...

इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ
FEATURE BREAKING

इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २०, २०८३
0

इटहरी : श्रीकृष्ण जन्माष्टमी उत्सवलाई समापनका लागि गरिने श्रीकृष्ण रथयात्रा इटहरीलगायत कोशीका विभिन्न जिल्लामा समापन गरिएको छ । हरेक साल...

इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

भदौ २०, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापा, मोरङ र सुनसरीमा छुट्टाछुट्टै दुर्घटना, तीन जनाको मृत्यु

भदौ २०, २०८३
धार्मिक–सांस्कृतिक पहिचान झल्काउने विराटनगरको राधाकृष्ण रथयात्रा (फोटो फिचर)

विराटनगरमा ५९औँ राधाकृष्ण रथयात्रा : धार्मिक उत्सवदेखि सामाजिक सेवासम्म

भदौ २०, २०८३
खाना खान गएको बेला तरहरामा १४ लाख बराबरको गहना चोरी

तरहरामा नाइट्राजेपामसहित दुई जना नियन्त्रणमा

भदौ १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

उदयपुरमा बढ्दो सुरक्षा चुनौती : १०० आत्महत्याका घटना दर्ता

भदौ २१, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आजको राशिफल – भाद्र २१ गते आइतबार

भदौ २१, २०८३
देवता र मानवताको अन्तिम युद्ध (कविता)

देवता र मानवताको अन्तिम युद्ध (कविता)

भदौ २०, २०८३
इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

भदौ २०, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.