सङ्खुवासभा : अवैध औषधीसहित दुई जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
जङ फुइन र उ् छिनग्लिन नाम गरेका दुई चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको हो। संखुवासभा खाँदवारी नगरपालिका ९ तुम्लिङटारमा रहेको बुद्ध होटल एण्ड लजमा अवैध रुपमा भन्सार राजश्व छलेर ल्याएको औषधीसहित उनीहरु पक्राउ परेका हुन्।
ुपिबीओजीु लेखेको कृषि बालीमा प्रयोग हुने औषधी रुद्राक्षको बोटमा छर्कने लुकाइ राखेको भन्ने गोप्य सूचना पाएपछि विमानस्थलका सुरक्षा गार्ड र संखुवासभाबाट गएको संयुक्त टोलीले लजमा छापा मारेको थियो।
कोठामा स्टोर गरी राखेको करिव ८०० के जि बराबरको ुपिबीओजीु औषधी भेटिएको प्रहरीले जानकारी दिएको छ।
बरामद भएको औषधीसहित दुई चिनियाँ नागरिकलाई कारवाहीका लागि राजश्व अनुन्धान कार्यालय इटहरी सुनसरी पठाइएको छ।












Discussion about this post