मोरङ : प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आफ्नो पदबाट दिएका छन् । राजीनामा प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले स्वीकृत गरेका हुन् ।
भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिने सम्भावना नदेखेपछि आज प्रदेशसभामै राजीनामा घोषणा गरेका हुन् ।
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख प्यासीले मंगलबार १ बजेभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी विमल पौडेलले दिएको जानकारी अनुसार आचार्यको राजीनामा स्वीकृत गरे लगत्तै प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।














Discussion about this post