झापा : कन्काईमा करेन्ट लगाई माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ ।
आज बिहान ६ बजे कन्काई १ प्रजापतिमा रहेको रेडक्रस भबन छेउको भष्मे पैनीमा करेन्ट लगाएर माछा मार्ने क्रममा कन्काई १ बस्ने ५२ वर्षिय बेनुप्रसाद उप्रेतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
करेन्ट लागेर मृत अबस्थामा रहेको भनी स्थानीयहरुले इलाका प्रहरी कार्यालय सुरुङ्गामा जानकारी गराएपछि घटना सार्वजनिक भएको जिल्लाका डिएसपी राकेश थापाले जानकारी दिएका छन् ।




















Discussion about this post