इटहरी : नेपालको चिकित्सा क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गरेर बिरामीको स्वास्थ्य जाँच तथा उपचार सुरु भएको छ ।
स्वास्थ्य सेवा लिनका लागि भने बिरामीहरुमाझ सरल प्रक्रिया भने अझै उपलब्ध छैन । डाक्टरहरु आए नआएको फोन गरेर बुझिरहनुपर्ने, लामो लाइन बसेर बिल काट्नुपर्ने, सामान्य फलोअपका लागि पनि डाक्टरकहाँ गइरहनुपर्ने जस्ता झन्झट अझै छ ।
तर यी सबै झन्झट र समस्या समाधान गर्ने गरी क्यूरा हेल्थ नामक एप सार्वजनिक भएको छ । स्वास्थ्य सेवालाई स्मार्ट बनाउने अभ्यास स्वरूप नेपालमा पहिलो पटक यस्तो एप प्रयोगमा ल्याइएको क्यूरा हेल्थका मेनेजर सुमन मंग्रातीको दाबी छ ।
यो एपले विभिन्न अस्पतालहरूमा उपलब्ध डाक्टरहरुको विवरण, सेवा उपलब्ध हुने समयहरूको बारेमा जानकारी लिन सकिने मात्र होइन, उनीहरूसँग भिडियो कलमार्फत् स्वास्थ्य परामर्शसमेत लिने सुविधा दिने उनले बताए ।
विराटनगरबाट सेवा दिन सुरु गरेको यो एपबाट अब इटहरीका बिरामीहरूले समेत सुविधा पाउनेछन् । इटहरीमा रहेका विभिन्न अस्पताल, मेडिकलहलदेखि विराटनगरका अस्पतालहरूमा अनलाइनमार्फत पुर्जा लिन सकिन्छ ।
यो एप प्ले स्टोर र एप्पल स्टोर दुवैमा उपलब्ध रहेको छ ।














Discussion about this post