झापा : झापाको अर्जुनधारा नगरपालिका ११ बसपार्क बाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ६ का ३४ वर्षीय सुबास खवास रहेका छन् ।
हिजो राती अस्थाई प्रहरी पोष्ट बसपार्कबाट गएको प्रहरी टोलीले खवासलाई ब्राउन सुगर १ ग्राम ५०० मिलिग्राम सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।














Discussion about this post