झापा : झापाको छुट्टा छुट्टै दुई स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ गरेको छ ।
हिजो बेलुका अस्थाई प्रहरी पोष्ट बसपार्कबाट गएको प्रहरी टोलीले अर्जुन्धारा नगरपालिका ११ बसपार्कबाट बिर्तामोड नगरपालिका ५ का २४ वर्षीय अभिसेक राजबंशीको साथबाट ब्राउन सुगर ३ ग्राम ३३० मिलिग्राम बरामद गरेको छ ।
ब्राउन सुगर बरामद भए पश्चात उनले सवार गरेको ज८प ८१३२ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको हो ।
यसैगरी सोही स्थानबाट बसपार्कबाटै गएको प्रहरी टोलीले हिजो राती नै बसपार्कमा एक होटल संचालिका ताप्लेजुङ श्रृजंगा गाऊपालिका ३ की २० वर्षीया अनिसा भट्टराई र ईलाम ईलाम नगरपालिका ६ का २८ वर्षीय मनिस राईलाई ब्राउन सुगरको कारोबार गरिरहेको अबस्थामा पक्राउ गरेको हो ।
उनिहरुको साथबाट ब्राउन सगुर १ ग्राम २७० मिलि ग्राम बरामद गरिएको छ । पक्राउ परेका तिनैजनालाई इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post