झापा : झापाको मेचीनगर नगरपालिका ६ फाईरिङ चोकमा अटो टेम्पुको ठक्करबाट पदैलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका ५१ वर्षीय चन्द्रप्रसाद अधिकारी रहेका छन् । पूर्वतर्फ आउँदै गरेको मे १ ह ६४५० नम्बरको अटोले ठक्कर दिदाँ गम्भीर घाइते भएका अधिकारीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अटो र चालक झापा मेचीनगर नगरपालिका ६ नकलबन्दा का ३२ वर्षीय सुरेन्द्र राजबंशी इलाका प्रहरी कार्यालय काकरभिट्टाको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















Discussion about this post