झापा : झापामा जंगली हात्तीको आक्रमणबाट एक वृद्वको मृत्यु भएको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार झापाको भद्रपुर नगरपालिका ९ का ६० वर्षीय रामबहादुर बुर्जा मगरको जंगली हात्तीको आक्रमणमा परेर मृत्यु भएको हो ।
आज बिहान साढे ६ बजे मेचिनगर १४ शनिबारेस्थित टंक पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा मगरलाई जंगली हात्तीले आक्रमण गरेको थियो ।
उनको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट प्रहरी टोली खटिएको थियो ।
प्रहरीले घटनाको बारेमा कानूनी प्रकृया तथा थप अनुसन्धान भइरहेको जनाएको छ ।














Discussion about this post