तरहरा : खोटाङको ऐसेलुखर्क महेन्द्र मावि कक्षा ९ मा अध्ययनरत सुष्मा तिवारीको जिब्रो सामान्य मानिसको भन्दा ठूलो भएपछि परिवारले सहयोगको अपिल गरेका छन् ।
अप्रेसन गर्दा जिब्रो निको हुने भएपनि आर्थिक अवस्था कमजोर भएको कारण उपचार खर्च जुटाउन समस्या भएकाले परिवारले सहयोगको अपिल गरेका हुन् ।
इटहरी २० तरहराका युवा समाजसेवी सबिन भट्टराईका अनुसार डाक्टरको सल्लाह अनुसार जिब्रोमा ट्युमर भएको र नशा खुम्चिएकाले अप्रेसन गर्दा निको हुन्छ। तर, अप्रेसन गर्दा सात लाखसम्म लाग्ने भएकाले सहयोग संकलन अभियान थालिएको छ ।
भट्टराईका अनुसार अहिले सुष्मा तिवारी बचाउ अभियान सुरु गरिएको छ।
आफ्नी छोरीको उपचारमा सकेको सहयोग गरिदिन सुष्माका बुवाले आग्रह गरेका छन् । मोबाइल नं. ९८६१९०८८६३ मा सम्पर्क गरी आर्थिक सहयोगको लागि बिरामीको बुवासँग सम्पर्क समेत गर्न सकिने छ ।
थप जानकारी तथा सहयोगको लागि ९८५२०३४२४५ र ९८४२१८०६९१ मा सम्पर्क गरी उपचारमा सहयोग गर्न सकिने परिवारले जनाएको छ ।












Discussion about this post