झापा : झापामा मोटरसाइकल चोरीमा संलग्न रहेका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इलाम सूर्योदय नगरपालिका १ का २१ वर्षीय आशिष सुब्बा, सूर्योदय ८ का २१ वर्षीय विवेक घिमिरे र झापा बिर्तामोड नगरपालिका ३ बिर्ताबजारका २६ वर्षीय रञ्जित राजवंशी रहेका छन् ।
झापामा मोटरसाइकल चोरीको घटना बृद्धि भए पश्चात इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा उनीहरूको साथबाट चोरी भएको मे ६ प २५०५ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकल र मे ११ प ९७३५ नम्बरको १५० सिसिको मोटरसाइकलसहित पक्राउ गरेको हो ।
पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post