झापा : झापाको बाह्रदशी गाउँपालिका ३ त्रिबेणी चौकमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको प्र. १–०१–००१– ख ३५२४ नम्बरको बस र बिपरित दिशाबाट जादै गरेको मे १ च २२२६ नम्बरको भेन एक आपसमा ठक्कर भएर दुर्घटना हुँदा भेन चालकको मृत्यु भएको छ भने भेनमा सवार ५ जना घाइते भएका छन् ।
आज बिहान ७ बजे भएको सो दुर्घटनाबाट घाईते भएका भेन चालक बाह्रदशी गाउँपालिका १ भागडुब्बाका ३४ वर्षिय प्रमोद चन्द्र उप्रेतिको B&C अस्पताल बिर्तामोडमा उपचारको क्रममा बिहान साँढे ८ बजे मृत्यु भएको हो ।
दुर्घटनाबाट घाईते हुनेहरुमा बाह्रदशी गाउँपालिका १ का ५५ वर्षीया किमारी निरौला, ५५ वर्षिया गिता घिमिरे, २१ वर्षीया रन्जिता निरौला, १७ बर्षीया दुर्गा घिमिरे र १२ वर्षिय बिशाल पौडेल रहेका छन् ।
घाईतेहरुको B&C अस्पताल बिर्तामोड मा उपचार भइरहेको छ । बस र बस चालक बाह्रदर्शी गाउँपालिका ६ का ३४ वर्षिय हर्क बहादुर बिक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।














Discussion about this post