झापा : झापामा झापामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार पूर्व–पश्चिम लोकमार्गअन्तर्गत कनकाई नगरपालिका ७ दुर्गापुरमा पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ७९३७ नम्बरको बसले पूर्वतर्फ आउँदै गरेको मे ७ प २८४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परेर मोटरसाइकलमा चालक इलामको रोङ गाउँपालिका ६ का ३३ वर्षीय सन्तोष राई र पछाडि सवार ३५ वर्षीय चन्द्रबहादुर राईको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा बिर्तामोडको बि एन्ड सी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि बस र बस चालक इलामको चुलाचुली गाउँपालिका २ का ३१ वर्षीय सरोज ढकाललाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post