झापा : झापाको बिर्तामोडमा अर्काको नाममा ट्रायल दिँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका ९ का ३७ वर्षीय हरी श्रेष्ठ भनिने हरिबहादुर प्रधान रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार श्रेष्ठले उनका सहोदर भाइ सुजितबहादुर श्रेष्ठको नाममा ट्रायल दिएका थिए ।
मोटरसाइकलको लाइसेन्स बनाउनका लागि प्रयोगात्मक परीक्षा दिनेबेलामा भाइको स्थानमा दाजु सहभागी भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बिर्तामोडस्थित कान्तिपुर ड्राइभिङ ट्रेनिङ सेन्टरमा २१ वर्षीय भाइ सुजितको नाममा ट्रायल दिँदै गरेको फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ परेका उनीमाथि थप अुनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post