झापा : झापाको दमक नगरपालिका १ स्थित रतुवा खोलाको बगरबाट गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इलाम माङसेवुङ गाउँपालिका ६ का ४६ वर्षीय वीरकुमार राई रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी टोलीले खोला बगरमा शंकास्पद अवस्थामा हिँडिरहेका राईलाई खानतलासी गर्दा उनको साथबाट ८ किलोग्राम १६० ग्राम अवैध लागूऔषध गाँजा बरामद गरेको हो ।
गाँजासहित पक्राउ परेका राईमाथि इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post