Sunday, May 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

महेन्द्र क्याम्पसको जग्गामा ४१ वर्ष पछाडि झुल्किएका नाम मात्रका ‘मोही’ !

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस १२, २०७८
in टाकुरा विशेष, समाचार
0
महेन्द्र क्याम्पसको जग्गामा ४१ वर्ष पछाडि झुल्किएका नाम मात्रका ‘मोही’ !
197
SHARES
Share on FacebookShare on Twitter

इटहरी : पूर्वी पहाडी जिल्ला भोजपुर, धनकुटा, सङ्खुवासभा, तेह्रथुम, खोटाङदेखि धेरै विद्यार्थी पढ्न आउने भएकाले धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसको चाम छुट्टै थियो । २०१२ सालमै स्थापना भएको क्याम्पसमा विद्यार्थीको सङ्ख्या बढी भएसँगै क्याम्पसका प्राध्यापक र कर्मचारीहरूको संख्या पनि बढ्दै गयो ।

कुरो २०३४ सालको हो । लाभग्राहीको सङ्ख्या बढ्दै गएपछि क्याम्पसमा विद्यार्थीको लागि होस्टेल र प्राध्यापक कर्मचारीहरूको लागि ‘क्वाटर’ बनाउनु पर्नेभयो । जग्गा खोज्दै जाँदा क्याम्पसको मूल भवनको ५ सय मिटर छेवैमा १७ कठ्ठा १८ धुरको एउटा सिङ्गो प्लट भेटियो ।

क्याम्पस छेवैमा राम्रो जग्गा भेटिएपछि त्यति बेलै जग्गाधनीको खोजी सुरु भयो । तत्कालीन धरान नगर पञ्चायत ९ क, कित्ता नम्बर २६६ को १७ कठ्ठा १८ धुरको सो जग्गा श्यामगोविन्द श्रेष्ठको थियो । श्रेष्ठको जग्गा भए पनि त्यति बेला भने सो जग्गामा डम्बरबहादुर घिमिरेले मोहीको रूपमा कमाएर खाने गर्दथे ।

घिमिरेको घर समेत त्यही जग्गामा थियो । क्याम्पस छेवैमा भएकाले सो जग्गामा क्याम्पसको विशेष मोह थियो । त्यसैले मोहीलाई अर्को व्यवस्थापन गर्ने गरी जग्गा किन्न तत्कालीन क्याम्पस प्रमुख जग्गाधनी श्यामगोविन्द श्रेष्ठकी आमा सम्म पुगे ।

मोहीलाई वैकल्पिक व्यवस्थापन गर्ने सहमति त्यति बेलै भयो । त्यसको जिम्मा श्रेष्ठ परिवारको थियो । श्रेष्ठ परिवारले डम्बरबहादुर पनि त्यहाँबाट घर सार्न राजी भए । समाजका प्रतिनिधि, क्याम्पस प्रतिनिधि, जग्गाधनी र मोही रहेका डम्बरबहादुर घिमिरे बसेरै जग्गा क्याम्पसलाई बेच्ने सहमति भयो ।

त्यसपछि क्याम्पसले श्रेष्ठबाट न्यूनतम रकममा त्यहाँको जग्गा २०३४ असार २४ खरिद ग¥यो । मालपोतको प्रक्रिया सबै सकियो । जग्गा क्याम्पसको नाममा पनि आयो ।

क्याम्पसमा होस्टेल रहेको जग्गा ।

क्याम्पसको नाममा जग्गा आए पनि मोहीको रूपमा रहेका घिमिरेको नाम भने लागत कट्टा त्यति बेला भएन । जग्गाधनी र मोही नै राजी भएर सार्वजनिक क्याम्पसलाई नै दिने सहमति भइसकेको मोहीको नाम कटाउन कसैको वास्ता भएन त्यो समयमा ।

’प्रिन्सिपल आउनु भएको थियो त्यति बेला, मेरो नाममा जग्गा भए पनि आमा सँग किन्ने गफ भइसकेको रहेछ’ क्याम्पसलाई जग्गा बेच्ने श्यामगोविन्द श्रेष्ठ भन्छन् ’त्यहिबेलै त्यहाँका मोहीहरूलाई खुसी बनाएर क्याम्पसलाई जग्गा दिएको हो ।’

४१ वर्षपछि मोही खोज्दै पुगेकालाई भूमिसुधारको फेवर !

जग्गा खरिद गरे लगत्तै क्याम्पसले आफ्नो काम त्यहाँ सुरु ग¥यो । विद्यार्थी, प्राध्यापक र कर्मचारीहरूको लागि होस्टेल र क्वाटर धमाधम निर्माण भयो त्यति बेलै । मोही भएको जग्गा सहमति गरेरै किनेको हुनाले मोहीको विषय ठुलो बन्छ भन्ने कसैको ध्यान पुगेन त्यति बेला ।

तर, एकाएक २०७५ मङ्सिर १० गते जिल्ला भूमिसुधार कार्यालय सुनसरीमा क्याम्पस विरुद्ध एउटा मुद्दा प¥यो । ४१ वर्ष पछाडि त्यही वास्ता नगरेको मोहीको विषयले क्याम्पसको जग्गामा समस्या सुरु ग¥यो ।

श्यामगोविन्द श्रेष्ठबाट क्याम्पसले खरिद सो जग्गाको मोही नामसारी गरिपाऊँ डम्बरबहादुर घिमिरेका माइला छोरा यज्ञबहादुर क्षेत्रीले भूमिसुधारमा मुद्दा हालेका थिए । तत्कालीन मोहीका रूपमा रहेका डम्बरबहादुर घिमिरेको मृत्यु भएको १९ वर्ष पछाडि मुद्दा परेको हो ।
२०५६ फागुन ५ मा डम्बरबहादुर र उनकी श्रीमती शिवकुमारीको ०६४ पुस १४ मा मृत्यु भएको थियो । भूमिसुधार कार्यालयमा परेको मुद्दा अनुसार डम्बरबहादुरका ३ जना छोरामध्ये जेठा गणेशबहादुरको पनि मृत्यु भइसकेको छ ।

मोही नामसारीको मुद्दा दायर गरेका डम्बरबहादुरका माहिला छोरा यज्ञबहादुरले भाउजू तिलकुमारी,आफू र कान्छा भाइ खेमबहादुरको नाममा मोही हक मागेका थिए ।

क्याम्पसलाई जग्गा बेच्ने श्यामगोविन्द श्रेष्ठ ।

मुद्दा परेपछि भूमिसुधारले आफ्नो प्रक्रिया त्यति बेलै देखि अघि बढायो । २०७५ पुस १५ मै भूमिसुधारले क्याम्पसको नाममा १५ दिने म्याद जारी गरेको थियो । ‘यो म्याद बुझेको मितिले बाटोको म्याद बाहेकको १५ दिनभित्र आफूसँग भएको सबुत प्रमाण लिई प्रतिउत्तरसहित यस कार्यालयमा आउनुहोला’, तत्कालीन म्याद तामेलमा भनिएको छ, ‘अन्यथा प्रचलित कानुनअनुसार कारबाही भई जानेछ । पछि तपाईँको उजुर लाग्ने छैन ।’

भूमिसुधारले म्याद जारी गरेपछि क्याम्पस अकमक्क थियो । आचार्यमा पर्दै भए पनि क्याम्पस प्रशासनले प्रतिउत्तर बोकेर भूमिसुधार कार्यालय पुग्यो । सरकारी जग्गामा मोही कायम हुन नसक्ने, मोही दाबी गरेको जग्गामा क्याम्पसले खरिद गरे देखि कसैले खनजोत नगरेको लगायतको प्रतिउत्तर क्याम्पसले दिएको थियो ।

क्याम्पसको दाबीलाई भूमिसुधार कार्यालयले भने मानेन । नियमानुसार भन्दै गत कार्तिक ७ गते भूमिसुधार कार्यालयले वादी अर्थात् मोही कायम गरिपाऊ भनेर मुद्दा दायर गर्ने यज्ञबहादुर क्षेत्रीको पक्षमा फैसला गरेको हो ।

यता क्याम्पस भने भूमिसुधारको फैसलामा चित्त नबुझाउने बताएको छ । ’हामीले बहसको लागि तयार पारेको वकिललाई नै भूमिसुधारले बहसको समेत बोलाएन’ क्याम्पस प्रमुख दामोदर भण्डारी भन्छन् ’भूमिसुधारको एकतर्फी फैसला छ, हामी पुनरावेदन गर्छौ ।’

नक्सापास गर्दा भूमाफियाको लालपुर्जामा परेको थियो नजर !

जग्गा भएको ठाउँ धरानको व्यस्त बजारको छेउमै छ । नजिककै क्याम्पस भवन सँगै यो जग्गाको ३ तिर बाटो छ । एकातिर चतरा जाने रोड । जसलाई चतरा लाइन पनि भनिन्छ । अर्को तिर धरान रङ्गशाला जाने बाटो यो जग्गा हुँदै जान्छ ।

धरान ११ स्थित स्वस्तिक चोक १७ कट्ठा १८ धुरमा मोही कायम भएपछि मोहीले ५० प्रतिशत जग्गा पाउँछन् । अर्थात् भोलि हक माग्दै पुनः नामसारी भए मोहीको रूपमा रहेका यज्ञबहादुरले लगभग ९ कट्ठा पाउँछन् ।

सरदर ७ लाख रुपैयाँ धुर रहेको यो ठाउँमा मोहीले पाउने जग्गाको मूल्याङ्कन करोडौँको हुन्छ । सात लाख प्रतिधुरको हिसाबले नौ कट्ठाको १२ करोड माथिको मूल्याङ्कनको जग्गा मोहीको हुने छ । करोडौँको जग्गा भएकैले गर्दा मोहीको नामबाट भूमाफिया हरुनै सक्रिय भएको क्याम्पस स्रोत बताउँछ ।

किनकि, क्याम्पसले जग्गा खरिद गरेपछि डम्बरबहादुर घिमिरे लफडा गर्दै कहिल्यै पुगेनन् त्यहाँ । धेरै पुरानो विषय भएकाले घिमिरे परिवार भित्रै त्यसको जानकारी समेत थिएन । किनभने ४० वर्ष सम्म न त्यो जग्गा कसैले मेरो भन्दै आयो न त कसैले हक भोग गर्दै आएको थियो ।

२०३६ साल तिरैको विषय भएकाले सितिमिति मान्छेलाई क्याम्पसको जग्गामा मोही छ छैन भन्ने जानकारी थिएन । क्याम्पस भित्र पनि लालपुर्जाको काम परिराख्दैन थियो ।

लालपुर्जाको काम क्याम्पसलाई पछिल्लो समय २०७२÷७३ आसपासमा प¥यो । अहिले विवादमा रहेको १७ कठ्ठा १८ धुर जग्गामा क्याम्पसले भवन बनाउनु पर्ने भयो । भवन बनाउन नक्सापास चाहियो । स्थानीय तहबाट नक्सापास गराउनु पर्ने भएकाले क्याम्पसको लालपुर्जा चाहिने भयो ।

’पहिल्यै यो जग्गामा मोही छ भन्ने कसैलाई थाहा थिएन, ४–५ वर्ष अगाडी क्याम्पसको बिल्डिङ बनाउदा नक्सापास गर्नुपर्ने भएछ’ महेन्द्र क्याम्पसमा विद्यार्थी राजनीति गर्दै आएका बुद्रोस लिम्बुले भन्छन् ’नक्सापास गराउँदा त लालपुर्जा चाहियो, लालपुर्जामा त मोही नाम छ

कसैले त्यो देख्यो, कसैले पनि के भन्नु, माफियाले त्यो देख्यो र खेल सुरु भयो ।’
लिम्बुले भनेजस्तै सिक्वेन्स भने मोहीको मुद्दा पर्ने मितिमा देखिएको छ । २०७५ मङ्सिर अगाडी कसैले मोही को मो पनि उच्चारण नगरेको जग्गामा एक्कासि मुद्दा परेको देखिन्छ ।

‘नक्सापास गर्दै गर्दा लालपुर्जा धेरैको हातमा पुग्यो, त्यहाँ मोहीको रूपमा डम्बरबहादुर घिमिरेको नाम देखियो, सुरुमा माफियाहरूलाई डम्बरबहादुर भन्ने मान्छे खोज्दै हिँडेको पनि हामीलाई थाहा छ’ क्याम्पसकै एक कर्मचारी भन्छन् ’ धेरै जना यसमा सहभागी छन्, क्याम्पसकै मान्छे पनि होलान् वकिल, कर्मचारीको लामो नेक्सस छ ।’

भूमिसुधारले प्रयोग नगरेको न्यायिक मन, उच्चले के गर्ला ?

भूमि सम्बन्धी ऐन २०२१ को दफा २ (ख) परिभाषा खण्डमा “मोही” भन्नाले अरू जग्गावालाको जग्गा कुनै सर्तमा कमाउन पाई सो जग्गामा आफ्नो वा आफ्नो परिवारको श्रमले खेती गर्ने किसानलाई जनाउद छ ।

महेन्द्र क्याम्पसको जग्गामा रहेका यज्ञबहादुर भने कानुनले परिभाषित गरेको जस्तो मोही किसान भने हैनन् । डम्बरबहादुर घिमिरेको छोरो भएकै हिसाबमा भूमिसुधार कार्यालय सुनसरीले यज्ञबहादुरलाई मोही कायम गरे पनि कानुन अनुसार भने सो जग्गामा मोहीको अधिकार भने समाप्त भएको देखिन्छ ।

भूमिसुधार कार्यालय सुनसरीले भने नाम उल्लेख भएकै आधारमा मोही नामसारी गरेको थियो । सोही विषयलाई क्याम्पसले भने उच्च अदालतमा पुनरावेदन गर्ने भएको छ । पुनरावेदन गर्दा जिल्ला भूमिसुधारको निर्णय उल्टिन सक्ने प्रशस्त कानुनी आधार भने देखिन्छ ।

सर्वोच्च अदालतको २०४१ पुस २५ मा भएको आदेशको नजिरले समेत अर्धन्यायिक निकायको रूपमा रहेको भूमिसुधार कार्यालयको निर्णय उल्टिन सक्छ । जग्गा सम्बन्धी एउटा मुद्दाको फैसला गर्दै तत्कालीन न्ययाधिस त्रिलोकप्रताप राणा र पृथ्वीबहादुर सिंहको इजलासले अर्धन्यायिक निकायले गरेको निर्णय न्यायिक मन प्रयोग गरेर भएको हुनु पर्छ भनी व्याख्या गरेको थियो ।

निर्णय नं. २१०३, को प्रकरण १२ भनिएको छ ’न्यायिक वा अर्धन्यायिक अधिकारीले निर्णय गर्दा सबुत प्रमाणको मूल्याङ्कन गरी न्यायिक मनको प्रयोग गरी निर्णय गर्नुपर्ने र निर्णयमा पुग्दा तत्सम्बन्धी कारणहरू स्पष्ट रूपमा खुलाएको हुनुपर्छ र ती कारणहरू सबुत प्रमाणमा आधारित हुनुपर्छ ।’

मोही नामसारी गर्ने भुमिसुधार कार्यलय सुनसरीको निर्णय ।

सर्वोच्चको यो नजिर अनुसार भूमिसुधार कार्यालयले न्यायिक मनको प्रयोग र बस्तुनिष्ठ विश्लेषण गरेको देखिँदैन । खनजोत नै नगरेको प्रमाण हुँदाहुँदै भूमिसुधारले गरेको निर्णय उल्टिने क्याम्पस प्रमुख भण्डारी बताउँछन् ।

‘क्याम्पसको अभिलेख अनुसार जग्गा किन्ने बित्तिकै छात्रावास बनाएको देखिन्छ’, क्याम्पस प्रमुख भण्डारी भन्छन् भने, ‘सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु पर्नेमा हुँदै नभएको विषय उल्लेख गरेर जग्गा हडप्न खोजेको मात्र हो ।’

क्याम्पस प्रमुखको भनाइलाई धरान उपमहानगरपालिकाको वडा नम्बर ११ ले गरेको सर्जिमिनले पनि पुष्टि गर्दछ । सर्जिमिनलाई भनिएको छ ‘मोहीको हक निज यज्ञबहादुर लगायतकै भए पनि सम्बन्धित धरान ९ क कि न २६६ को ज वि ०–१७–१८ जग्गामा खनजोत भने गरेको देखिँदैन ।’

मोही नामसारी गर्ने भुमिसुधार कार्यलय सुनसरीको निर्णय ।

ऐनले मोहीको नाम मात्र उल्लेख भए पनि मोहीको अधिकार पाउने विषयलाई भने निषेध गरेको छ । ऐनका अनुसार मोही हुनको लागि नाम मात्र काफी हुँदैन । मोहीका पनि नियम र सर्त हुन्छन् । बुझाउनुपर्ने कुत बुझाउनुपर्छ । खनजोत गरेको हुनुपर्छ । देखिनुपर्छ ।
खनजोत मात्र हैन सरकारी स्वामित्वको जग्गामा मोही कायम नहुने विषय ऐनमै स्पष्ट छ । ऐनको दफा २५ उपदफा ५ मा सरकारी स्वामित्व भएको जग्गामा मोहियानी हक नलाग्ने उल्लेख छ ।’

…जुनसुकै कुरा लेखिएको भए तापनि देहायको व्यक्तिलाई मोहीको हक प्राप्त हुनेछैन :

(क) घरवारीको जग्गा कमाउने व्यक्ति, वा
(ख) गैर नेपाली नागरिक, वा
(ग) नेपाल सरकारको स्वामित्व भएको जग्गा कमाउने व्यक्ति, वा
(घ) औद्योगिक व्यवसायको निमित्त नेपाल सरकारले तोकिदिएको जग्गा कमाउने व्यक्ति ।

 

– नेपालखबरबाट

Tags: #धरान#धरान उपमहानगरपालिकाटाकुरा विशेषमहेन्द्र क्याम्पस
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 
कला साहित्य

दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

by टाकुरा न्यूज । इटहरी
बैशाख २०, २०८३
0

इटहरी : दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल साह प्रथम भएका छन्। श्री जनसहयोग माध्यमिक विद्यालय, इटहरी २० तरहराको २०५०...

मोरङमा एक पुरुष मृत भेटिए
FEATURE BREAKING

खोटाङमा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु

by टाकुरा न्यूज । इटहरी
बैशाख १९, २०८३
0

खोटाङ : खोटाङको बराहापोखरी गाउँपालिका–५ पौवासेरामा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा ५२ वर्षीय बमबहादुर राई र...

नोबेल अस्पतालमा नाकको शल्यक्रिया गर्दा इटहरीका बालकले गुमाए आँखाको ज्योति

नोवेल हस्पिटलमा शल्यक्रियापछि बिरामीको मृत्यु, अस्पताल परिसर तनावग्रस्त

बैशाख १९, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार नियमले चलायमान बन्दै विराटनगरको बजार

बैशाख १९, २०८३
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

‘संसारकै सानो वनखण्ड’का रूपमा परिचित सिमसार क्षेत्र सङ्कटमा

बैशाख १९, २०८३
हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

हर्क साम्पाङको टिप्पणी – ‘अब भगवानले पनि धनीपूर्जा बनाएर धर्तीमा आउनुपर्ने भयो’

बैशाख १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल प्रथम 

बैशाख २०, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

खोटाङमा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु

बैशाख १९, २०८३
नोबेल अस्पतालमा नाकको शल्यक्रिया गर्दा इटहरीका बालकले गुमाए आँखाको ज्योति

नोवेल हस्पिटलमा शल्यक्रियापछि बिरामीको मृत्यु, अस्पताल परिसर तनावग्रस्त

बैशाख १९, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार नियमले चलायमान बन्दै विराटनगरको बजार

बैशाख १९, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1537 shares
    Share 615 Tweet 384
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    648 shares
    Share 259 Tweet 162
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    607 shares
    Share 243 Tweet 152
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.