खोटाङ : खोटाङको बराहापोखरी गाउँपालिका–५ पौवासेरामा भीरबाट लडेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा ५२ वर्षीय बमबहादुर राई र ४० वर्षीय मनकुमार राई रहेका छन्।
शनिबार दिउँसो करिब २ बजेतिर ढकाले खोला नजिकको भीरबाट करिब ३ सय मिटर तल खुकुरी खसेको थियो।
घाँस दाउरामा गएको बेला खुकुरी भीरबाट खसेपछि खोज्ने क्रममा चिप्लिएर लड्दा उनीहरूको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
सुरुमा एकजना लड्दा उनलाई समात्ने क्रममा अर्का पनि सँगै खसेको हुनसक्ने बताइएको छ।
दुवै जनाको शव घटनास्थलमै रहेको र आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।















Discussion about this post