इटहरी : अंग्रेजी नयाँ वर्षको अवसर पारेर आगामी पौष १७ गते शनिबार इटहरी रङ्गशालामा सांगीतिक साँझ हुने भएको छ ।
सांगीतिक साँझमा गायक प्रकाश सपूत, अल्मोडा राना उप्रेतीसहितका कलाकारहरू आउने भएका छन् ।
ग्यालरी इभेन्ट प्रालिले आयोजना गरेको ‘रिफ्रेस नाइट’ कार्यक्रममा प्रस्तुति दिन सपूत र उप्रेतीसहित धर्मेन्द्र सेवान र दिनेश ढकाल इटहरी आउने भएका हुन् ।
शनिबार दिउँसो २ बजेदेखि सुरु हुने कार्यक्रममा स्थानीय कलाकारहरू गंगा गौतम, सुमन परियार, स्पर्श व्याण्ड, विशाल पोखरेल, बिहानी डान्स सेन्टरले समेत कार्यक्रममा प्रस्तुति दिने ग्यालरी इभेन्टका कार्यक्रम संयोजक विजय गिरीले जानकारी दिए ।
कार्यक्रममा पछिल्लो समय चर्चित सामाजिक सञ्जाल ‘टिकटक’बाट अधिक दर्शकहरूले रुचाएका ‘टिकटकरहरु’ सुजा रायमाझी, मनिका बोहोरा, नेल्सन जोडी, मोडल विनोद बस्नेत र कमेडियन चोर बुढाबाट परिचित अमृत राईसँगै मास्के दाइको पनि उपस्थिति रहने छ ।
कार्यक्रममा प्रवेशका लागि टिकट दर २५० र भिआइपी टिकट १००० तोकिएको छ ।













Discussion about this post