इटहरी : मोरङको बेलबारी ४ पञ्चज्योती स्कुल टोलका ३० वर्षीय युवा सुरज भुजेल एक सातादेखि बेपत्ता भएका छन् ।
पारिवारिक स्रोतका अनुसार गत पुस १३ गते मङ्गलबार साँझ साढे ६ बजे घरबाट दुहबीस्थित आफ्नो डेरामा जान्छु भनेर बस गएको भएपनि हालसम्म उनी सम्पर्क बिहीन छन् । उनकी बहिनी शान्ता भुजेलले इलाका प्रहरी कार्यालय बेलबारीमा खोजतलासको निवेदन दिएकी छिन् ।
‘दाजु सुरज भुजेल दुहबी डेरा कोठामा जान्छु भनेर घरदेखि बस चढी गएकोमा हालसम्म कोठामा नगएकोले के कहाँ गयो भनि गाउँ घर लगायत आफन्तकोहरूमा खोजतलास गर्दा पनि फेला नपरेको हुँदा खोजतलास हुलियाँ परिपत्र गरि पाउँ,’ उक्त निवेदनमा उल्लेख छ ।
५ फिट ३ इन्च अग्लो, गहुँगोरो र अगाडि रातो धर्को भएको ज्याकेट, कालो जिन्सको पेन्ट र शरिरमा खैरो चक्लेटी रङको कपडा लगाएका उनी कहाँ गए भन्ने विषयमा कुनै जानकारी नभएको परिवारले जनाएको छ ।
उनको खोजीका लागि परिवार तथा आफन्तहरूले सबै समक्ष अपिल गरेका छन् । ९८२५३१३०२९ र ९८२७०६४४६३ नम्बरमा सम्पर्क गरी जानकारी दिन अनुरोध गरेका छन् ।














Discussion about this post