पाँचथर : पाँचथरको फालेलुङ गाउँपालिका ७ फर्तिमा टोलका ३५ वर्षीय राजकुमार तामाङको भीरबाट लडेर मृत्यु भएको छ ।
बारीमा घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भएका तामाङको उपचारको लागि जिल्ला अस्पताल फिदिम लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी सिदिन र जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post