तेह्रथुम : तेह्रथुमको फेदाप गाउँपालिकामा करेन्ट लागेर एकको मृत्यु भएको छ।
सोमबार दिउँसो फेदाप गाउँपालिका १ महाभीरका ५२ वर्षीय अम्बरहादुर बस्नेतको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
बस्नेत महाकाली माध्यमिक विद्यालय फेदाप १ पुल्डुङगका प्रधानाध्यापक हुन्। घाँस काट्ने क्रममा हाइटेन्सन लाइनमा करेन्ट लाग्दा बस्नेतको मृत्यु भएको पोक्लाबाङ प्रहरी चौकीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















Discussion about this post