Tuesday, October 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

रासस by रासस
कार्तिक ३, २०८३
in समाचार
0
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा
53
SHARES
Share on FacebookShare on Twitter

सङ्खुवासभा : नेपाली सेनाको अथक प्रयासपछि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडकखण्ड सोमबार साँझदेखि पुनः सञ्चालनमा आएको छ ।

नेपाल –चीन जोड्ने ‘लाइफलाइन’ सो सडकखण्ड विगत तीन महिनादेखि अवरुद्ध भएको थियो । गत साउनमा भोटखोला गाउँपालिका–२ स्थित छुम्सुरमा ठूला–ठूला चट्टानसहितको पहिरो खस्दा उक्त सडकमा पूर्ण रुपमा सवारी साधन आवत जावत गर्न अवरुद्ध भएको थियो ।

किमाथाङ्काबाट करिब २१ किलोमिटर र खाँदबारीबाट करिब १४१ किलोमिटर दूरीमा रहेको उक्त स्थानमा खसेको पहिरो हटाउन उत्तर–दक्षिण (कोशी) राजमार्ग आयोजनाले नेपाली सेनालाई अनुरोध गरेको थियो ।

सोही आग्रह अनुसार नेपाली सेनाको नं. १ विकास निर्माण गण अन्तर्गत छुम्सुर पोस्टबाट सैनिक टोली सम्लग्न भएको आयोजनाले जनाएको छ ।

श्री इन्द्रदल गुल्मको जिम्मेवारी क्षेत्रभित्र पर्ने उक्त स्थानमा खटिएको सैनिक टोलीले विष्फोटन (ब्लास्टिङ)मार्फत् ठूला–ठूला विशाल चट्टानहरूलाई ससाना टुक्रामा विभाजन गरेको थियो भने आयोजनाले उक्त चट्टानहरू हटाएर सडक पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याएको आयोजना प्रमुख रामबहादुर गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिरोमा खसेका ठूला चट्टान हटाउन सामान्य उपकरणले सम्भव नभएपछि विस्फोटक पदार्थ समेत प्रयोग गर्नुपर्ने परेको थियो ।

नेपाल–चीन व्यापारीक सम्पर्कका प्रमुख नाका रसुवाको रसुवागढी, सिन्धुपाल्चोकको तातोपानी र मुस्ताङको कोरला नाका प्राकृतिक विपद् तथा सडक अवरोधका कारण आवागमन र पारवहन प्रभावित भइरहेका छन् ।

यस्तो अवस्थामा किमाथाङ्का सडकखण्डमा यातायात सेवा पुनःसञ्चालन हुँदा थप सहज हुने अपेक्षा गरिएको छ । साथै उत्तरी सीमासम्मको पहुँचको महत्त्वलाई थप उजागर गरेको छ ।

आयोजना प्रमुख गुरुङले भने “भोटखोला २ स्थित छुम्सुरमा ठूला चट्टान सहितको पहिरो हटाउन भौगोलिक अवस्थाका कारण अत्यन्त कठिन थियो । चुनौतीपूर्ण परिस्थितिमा चट्टानको अवरोध हटाउन नेपाली सेनाको अथक योगदान र सहयोग रह्यो । ”

सडक अवरुद्ध हुँदा दैनिक आवागमन, सामान ढुवानी तथा स्थानीय जनजीवनमा समेत समस्या उत्पन्न भएको थियो । सडक आयोजना कार्यालयले अन्य सडक खण्डमा नियमित मर्मतसम्भार गरेर यातायात सञ्चालन भइरहेको जनाएको छ ।

कोशी क्षेत्रको सडक सञ्जाललाई उत्तरी सीमावर्ती क्षेत्रसम्म जोड्ने रणनैतिक रुपमा महत्वको रुपमा रहेको यस सडकमा वर्षायाममा पहिरो र चट्टान खस्ने जोखिमले यातायात सञ्चालनमा चुनौती थपिँदै आएको छ ।

भौगोलिक रूपमा अति विकट कडा चट्टान भएका कारण खाँदबारी–किमाथाङ्का सडकखण्डको १ सय ६२ किमी मध्ये १०.८ किमी सडक निर्माणको जिम्मा सरकारले सेनालाई दिएको थियो ।

कडा चट्टान र भौगोलिक विकटता भएका कारण सेनाले हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी गरेर सडक निर्माण सम्पन्न गरेर गत बैशाखमा हस्तान्त्ररण गरेको थियो । उत्तरी क्षेत्रमा पर्ने किमाथाङका नाका भौगोलिक हिसाबले दुर्गम क्षेत्र मानिन्छ ।

किमाथाङ्का–जोगबनी खण्ड छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो सडकका रूपमा मानिन्छ । किमाथाङका–जोगबनी सडकखण्ड सञ्चालन भएपछि कोशी प्रदेशका संखुवासभा, धनकुटा, तेह्रथुम, सुनसुरी, मोरङ, झापा र भोजपुरवासी लाभान्वित हुनेछन् ।

सडक आयोजनाको सक्रियताले राष्ट्रिय पूर्वाधारको सञ्चालन कायम राख्नुका साथै दुर्गम क्षेत्रका नागरिकको सहज आवागमन र जनजीवनलाई सहयोग पु¥याएको जनाइएको छ ।

Tags: सङ्खुवासभा
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय
FEATURE BREAKING

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक ३, २०८३
0

झापा : झापाको बाह्रदशी गाउँपालिका–२ मा मंगलबार बिहान जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ भने अर्का वृद्ध गम्भीर...

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन
FEATURE BREAKING

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

by रासस
कार्तिक ३, २०८३
0

भोजपुर : दसैँमा आउने यात्रुलाई लक्षित गर्दै भोजपुरको हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेदेखि बराह क्षेत्रसम्म जलयात्रा सेवा पुनः सञ्चालन ल्याइएको छ...

उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३
सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

कार्तिक २, २०८३
दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

दसैँले भोजपुरका गाउँबस्तीमा बढायो रौनक

कार्तिक २, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

कार्तिक २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    193 shares
    Share 77 Tweet 48
  • हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

    157 shares
    Share 63 Tweet 39

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन