मोरङ : मोरङको उर्लाबारी नगरपालिका ३ पूर्वपश्चिम राजमार्गस्थित सोल्टी पुलमा बुधबार (आज) बिहान ट्याक्टरको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
बिहान साढे पाँच बजे पूर्वबाट पश्चिम जाँदै गरेको को २ त ८२९६ नम्बरको ट्याक्टरले बिपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०–१२ प ७१५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उर्लाबारी ७ का २१ वर्षीय निश्चल बानियाँको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
ठक्कर दिने ट्याक्टर र त्यसका चालक मोरङको मिक्लाजुङ गाउँपालिका ६ का १९ वर्षीय मोहन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसनधान गरिरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post