पाँचथर : पाँचथरको फिदिमबाट लागूऔषध ब्राउनसुगरसहित एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा फिदिम बजारमा होटल सञ्चालन गर्दै आएकी २९ वर्षीया युवती रहेको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा उनलाई ८ ग्राम ब्राउनसुगरसहित बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी युवतीको नाम तत्काल गोप्य राखिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी, प्रहरी निरीक्षक डम्बर बिश्वकर्माका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।














Discussion about this post