झापा : झापामा जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दमक ३ रणध्वज चोक निवासी ६३ वर्षीय गणेशप्रसाद अधिकारी रहेका छन् ।
अधिकारीलाई गएराति सवा ९ बजे हात्तीले आक्रमण गरेको थियो । कुलोमा पानी लगाउन गएका अधिकारीको हात्तीको सुडले लछारपछार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post