इटहरी : प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राईलाई इटहरीमा कालो झन्डा देखाइएको छ ।
शुक्रबार (आज) अनेरास्ववियू र युवासंघका कार्यकर्ताले इटहरीमा मुख्यमन्त्री राईलाई कालो झन्डा देखाएका हुन् ।
नालायक सरकार मुर्दावाद, भ्रष्ट सरकार मुर्दावाद र मन्त्रालय फुटाउन पाइँदैन लगायतका नारा लगाउँदै कार्यकर्ताले मुख्यमन्त्री राईलाई कालो झण्डा देखाएका हुन् ।
प्रदेश मन्त्रिपरिषदको आइतबार बसेको बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन सहित पारित गर्दै मन्त्रालय विस्तार गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषदको सोही निर्णय बमोजिम प्रदेश १ मा तत्काल कायम रहेका ७ मन्त्रालयलाई हाल १२ वटा मन्त्रालयमा विभाजन गरिएको छ । सोही निर्णयको विरोध गर्दै मुख्यमन्त्री राईलाई कालो झण्डा देखाइएको हो ।












Discussion about this post