Friday, June 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

मनु ब्राजाकीको कथा : भैगो दिनु पर्दैन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २, २०७८
in कला साहित्य, टाकुरा विशेष, समाचार
0
मनु ब्राजाकीको कथा : भैगो दिनु पर्दैन
177
SHARES
Share on FacebookShare on Twitter

ए खर्दारनी बजै ! आउनुस् आउनुस्, कताबाट ?

आफ्नो भताभुङ्ग कोठामा बसेर खरदार सुन्दैछ र आफ्नो जनैको जुम्रा विक्षुब्ध भएर मार्दैछ । आफ्नो नङलाई नङ्ग्रा सम्झने भूल गर्दैछ जसले जुम्राबाहेक अरु केही मार्न सकेन (न आफ्नो अभाव, न अर्काको प्रभाव, न भोक, न शोक ।

ऊ झ्यालबाट देख्छ, खरदारनी बजै (ऊ आफू खरदार भैटोपलेकोले) पल्लो घर पोर्टिकोमा उभिएकी रहिछ । चाइजिन इँटको रातो बंगलाभित्रैबाट घन्किँदै रहेछ ।

बाहिर किन ? भित्र आउनुस् ।

खरदारनी बजै (जो यो माघदेखि पच्चिस पुगेर छब्बीस लागी) भित्र पसी । बङ्गलाका मालिक (जो चालीस पुगेर अझै माथि उक्लिसकेका छन् र पक्कै पनि बजैका नाति होइनन् ) हिटरनेर बसेर आह्वान गर्दैछन् ।

आउनुस्, बस्नुस्, सञ्चै छ ?

सञ्चै, नमस्कार !

नातिसामु बजै खुम्चेर सोफामा बस्छिन्। बस्दा कतै पनि बिझाउँदैन, जसरी खरदार बाजे बिझाउँछन् । रन्केको हिटरसामु पनि माघको जाडो बिझाउँछ, सँगसँगै संकोच पनि बिझाउँछ । उत्सुक र प्रसन्न नातिको अनुहार मुख हुन्छ ।

अनि भन्नुस् ?

अघि हरिहर साहुले घरमा आएर लोग्नेलाई बेइज्जत नगरेको भए ऊ यहाँ आउने थिइन । घरमै बसेर पनि के गर्नु ? यत्रा यातायातका साधन हुँदाहुँदै कहीँ न कहीँ, कतै न कतै, कसैकहाँ त हात थाप्न जानैपर्थ्यो । तिरौँला भन्ने लोग्ने र स्वास्नीको संयुक्त अठोटले गर्दा ऊ यहाँ पाँचौ पटक पनि आउन सकेकी हो । वरिपरिका अन्य ठाउँहरुमा ‘पटकहरु’ गन्न अहिले सकिराखेकी छैन । यति बेइज्जति प्राप्त भइसकेपछि अब केही दिनका लागि हरिहर साहुतिर निश्चिन्त भए हुन्छ । तर वर्तमान त काखमै छ, फुल्याउनु कि रुवाउनु ? फुल्याउनै र्पयो ।

कति कामले आउनु भएको थियो ?

ए अँ, अलिकति घरायसी किनमेल थियो ‘यहाँसित’..

फेरि बिझायो, सोफा होइन, संकोच । पाँच पटकमा पाँच वटा तगारा । सबै तगाराहरु एकैचोटी फड्किन कति गाह्रो !

ए बुझेँ बुझेँ, कति चाहियो ?

अहिलेलाई गोडा पच्चिसेक भएँ ।

ऊ तगारोतिर अचम्म मानेर हेर्छे, बुरुक्कै फड्किसकिएछ ।

ल लिनुस्, अँ, खरदार बाजेलाई भन्नुहोला यसो सिमन्टी पत्तो लगाइराख्ने भनेर । ग्यारेजमा काम छ ।

हजुरलाई पछिको पनि हिसाप दिनु छ ।

भो–भो दिनुपर्दैन, काम चलाउनुस् । यो त मैले हिजो पप्लुमा जितेको ।

ऊ दातातिर हेर्छे । दाता विधाता झैँ टुलुटुलु ऊतिरै हेर्दै रहेछन् । ऊ झस्केर हातको जिताउरी पट्याउन थाल्छे । ‘दिनुपर्दैन’ ले धेरै कुरा लिन खोजेजस्तो लाग्छ । के–के ? विवरण प्रष्ट छैन । अस्पष्टताले कुनै अन्यौलमा पार्दैन।

बुझेर नबुझ्नुलाई नै व्यवहारिकता भन्दछन् । आदर्श ज्ञान र व्यवहारिक अज्ञानको रेखा कहीँ न कहीँ गएर अवश्य काटिएला र एउटा कुनो (कोण) बनाउला । यी दुवै कहिल्यै समानान्तर हुँदैनन् । एक न एक दिन ज्ञानले अज्ञान भेट्टाउँछ र अज्ञानले ज्ञान । अनि भेट हुने कुनामा पप्लु चल्छ । एउटा हार्छ, अर्को जित्छ ।

ऊ हातको जिताउरी अभ्यासवश चोलोमा हाल्न खोज्छे तर विधाता सामु हुनाले यसो गर्न सक्तिन । स्वास्नीमान्छेले ‘सम्पति’ कि त चोलोमा हाल्नुपर्ने, कि त पेटिकोटमा । के यस्तो चलन होला ? लोग्नेमान्छेका भने जताततै गोजी नै गोजी छन् । यो सोचेर उसलाई झर्को लाग्छ । जिताउरीलाई हत्केलामा जोडसित अँठ्याउँछे । अब समापन भाषण पनि त हुनुर्पयो । ऊ भन्छे ।

यस्तो संकटमा पनि हजुरले यति गुन ।

आ केको गुन ? फेरि पनि र्साहो र्गाहो परे आए हुन्छ नि !

हस् नमस्कार ! अनुहार झन् उज्यालो छ ।

घरमा आउँदा दुवै छोरा पाठ घोक्दै रहेछन् । लोग्ने खुइलिएको जर्किनमा ठुटो खोजेर धुवाउँदै रहेछ । लोग्ने र छोराहरुलाई देखेर उसले विधातालाई बिर्सी र समस्या समाधानको उज्यालो मुखले हाँसी
दियो ?

दियो, पच्चिसवटा। यति नै माग्ने भनेको होइन ?

अँ, लौ काम चलिहाल्यो । आज त माछा पनि पर्ने भएको छ ।

काँ ?

खोलामा हैन अफिसमा क्या । कस्ती लाटी रैछ। बाठो लोग्नेले लाटी स्वास्नीलाई कुरा बुझायो ।

अलि ठूलो माछा पारे पो । कैलेकाहीँ पार्नुहुन्छ । त्यै पनि बुदुना र भोटी ।

असला पर्छ क्या असला । अनि त्यो हरिहरेको मुखमा बुजो ठोकौँला ।

असला कत्रो हुन्छ र ? त्यै हरिहरेको मुखमा पनि नअटाउला । मदिसे रहु पारे पो अलिक दिन ढुक्क होला ।

तेरो खर्दारको मात्रै मुख छ, हैन ? अफिसमा त अरु छँदै छैनन् ? जतो जाल त्यत्रै माछा ।

छोराहरु माछाको प्रसङ्ग सुनेर पाठ बिर्सन्छन् ।

सानो छोरो, कत्रा माछा ल्याउने बा ?

ठूलो छोरो, एफ आई एस एच फिस्, फिस् माने माछा ।

चूप लाग, पढ्नु सढ्नु छैन । पढ् बसेर ।

दुवै एक साथ भन्छन् र बेग्लाबेग्लै झर्किन्छन् । अनि आफ्नो कुराको प्रसंग सम्झेर दुवै फेरि मुखामुख हुन्छन् ।
त्यो आएपछि म एउटा सारी किन्छु ल ? बाहिर निस्कन पनि लाजमर्नु भैसक्यो । ऊ झल्याँस्स विधातालाई सम्झिन पुग्छे ।

अनि सम्झिएरै फेरि भन्छे, उनले यी रुपैयाँ फर्काउनु पर्दैन भनेका छन् ।

आफ्नो थोत्रो जुत्ता सम्झिराखेको ऊ झस्केर सोध्छ, किन ?

कुन्नि ? पप्लुमा जितेका रे, दिनु पर्दैन ।

ऊ घोरिएर स्वास्नीतिर हेर्न थाल्छ । भनिसकेपछि ऊ पनि झस्केर लोग्नेतिर हेर्न थाल्छे । आफ्नो सारी किन्ने हिसाबको तानामाना मिलार्न खोज्दा उसको सुद्धि हराएछ – यसोभन्दा कसो पर्ला भनेर । ऊ देख्छे, लोग्नेको आँखामा परम्परागत पुरुष ठिङ्ग उभिएको रहेछ । ऊ छोराहरुतिर हेरेर सहज हुन खोज्छे ।

हामी माग्ने त होइनौँ ?

घर व्यवहार भएको मान्छे माग्ने हुँदैन । अनि सापटी लिने चलन नौलो पनि होइन । सापटी लिने परम्परामा सकभर सापटी फर्काउने चलन पनि छैन – गाउँघरदेखि अन्तर्रा्ष्ट्रियसम्म ।

अन्तर्रा्ष्ट्रिय जगतमा कसले कसको सापटी फर्काएको छ र ? बरु त्यसको सट्टा केही भित्री कुरा गए जाओस् । भित्री कुरा गएको कसले देख्छ र ? आफूले मात्र बुझिन्छ, जानिन्छ, अनुभव महसूस गरिन्छ । बुद्धि बढेर आउँछ । बुद्धत्वले छुन – छुन आँट्छ । कन्तुरको इज्जत कन्तुरमै रहन्छ । माग्ने त भइँदैन ?

एसएलसी पास गरेर अखबार पढेको बुद्धिले यति तर्क गरेपछि ऊ टोलाइराखेको स्वास्नीतिर फर्केर फेरि सोध्छ, अघिभन्दा किञ्चित् कठोर स्वरमा–हामी माग्ने त होइनौँ ?

स्वास्नी दलिनभित्ता हेर्दैछ । उसलाई थाहा छ, यो लोग्नेमात्र होइन, लोग्नेमान्छे पनि हो। बहस गर्नु व्यर्थ छ । बरु झोला बोकाउनु बेस । अनि बल्ल खाली झोलाको शून्यमा लोग्नेमान्छे हराएर झोला बोकेको लोग्ने चतुर्भुज विष्णु झैँ ठिङ्ग उभिनेछ ।

उनको भन्ने काम, भने । फर्काइदिउँला । ल, यो झोला लेऊ । यी रुपियाँ पनि । दुई किलो चामल, दाल होला, साबुन छैन, तरकारी आफूलाई चुरोट पनि ल्याउनू । कति ठूटो खाएको ? नखानू भन्छन् । टीबी हुन्छ रे ।

झोला हातमा परेपछि उसले पनि परिस्थिति बुझ्यो । तिर्छु भनेपछि मन कत्रो भएर आउँछ ! बुझ्ने होइनन् यिनीहरु । उसले खाली झोलाको झटारोले खाटमा उक्लिँदै गरेको साङ्लोलाई हिर्कायो ।

ए, अँ सिमन्टी खोजिदिनू भन्थेँ ।

मैले काम पाएको छैन र ? सक्तिनँ म त्यो सालाको सिमन्टी लिमन्टी खोज्न ।

किन चिच्याएको ? सुन्लान् क्या, जसको खायो उसैलाई गाली गर्नु त भएन !

बाठो लोग्नेले फेरि कुरा बुझ्यो र चूप लाग्यो ।

चूप लागेपछि गुम्सियो र रन्थनिँदै झोला बोकेर बाहिरियो ।

एफ आई एस एच फिस्, फिस् माने माछा !

आमा ख्वै माछा ?

ऊ सडकमा आएपछि अनुहार छाम्छ, खस्रो लाग्छ । ब्लेड पनि किन्नुपर्ने । ऊ अझै रन्थनिएकै छ । तर सडकमा रन्थनिएर हिँड्नु भएन । किनभने कुनै रन्थनिएको वाहनसित जुध्न पुगिएला ।
एउटा ल्याम्पपोस्टनेर एकछिन उभियो ।

भएन, हुँदै भएन । ठ्याम्मै हिसाब मिलेन । बरु पचास माग्नुपर्ने रहेछ । के थाहा यति सजिलै पाइएला भन्ने । नत्र कसरी आदर्शवादीहरुले भौतिकवादीहरुसित रुपियाँ खुस्काउँछन् कुन्नि ?

थाप्लोमाथि गुलुप रहेछ, राति बल्ने । अहिले त सूर्य बलिराखेको छ–झलमल्ल । प्रकाश आँखासम्म आइपुग्छ, भित्र पस्दैन । त्यहीँबाट रिफ्लेक्ट भएर चारैतिर छरिन्छ र सबै कुरा देखिन्छ । देख्छ, बीस रुपैयाँ घरखर्च–जतिसुकै आओस् र पाँच रुपैयाँ आफ्नो गोजीमा। माछा समात्न अफिस पनि त पुग्नुछ ।

यसरी माछाको निहुँको हिसाबले आफूलाई सन्तुष्ट पारेपछि ऊ ल्याम्पपोस्टको छायाबाट अगाडि लम्कन्छ । यति वैज्ञानिक ढंगले त उसको अफिसको एकाउन्टेन्टले पनि अडिटरलाई सन्तुष्ट पारेको थिएन होला । अडिटर र ऊ सन्तुष्ट हुने एउटै गाँठी त हो गोजीमा पाँच रुपियाँ ।

अनुहार छाम्छ, खस्रै छ । दिक्क लाग्छ । पिउन गोकुलकी स्वास्नी, गाउँबाट आएकी कान्छीलाई फकाउन जाँदा पनि के यही अनुहार लिएर जानु ? छि छि यो त भएन ।

अनि कान्छी पनि गाउँघरका जुँघामुठेहरुको बल्छीबाट फुत्किँदा फुत्किँदा छल्न खप्पिस् भएकी रहिछ । उसको जालमा पर्दैपर्दिन । हरे राम ! गरिपलाई कतै सुख छैन । होस् खस्रै अनुहार ।

बीस रुपैयाँको जे जित आउँछ, किन्यो ।

अब गोजीमा पाँच रुपियाँ छ, यसको आफ्नो निजी सम्पति । यसैबाट अब रोबरवाफ, कर्म कुकर्म, धर्म अधर्म सबै गर्नुछ ।
पाँच रुपैयाँ छ । पुलकित छ ।

ऊ यस लाइनको सबैभन्दा राम्री साहुनीकहाँ पुग्छ चुरोट किन्न । साहुनी, होटेल क्लब पार्टीमा जाने डाँफे मुनाल जस्तो चराचुरुङ्गी त होइन तापनि भँगेरो फिस्टो त हो नै ।

दशओटा गैँडा देऊ त साहुनी मैयाँ ! ऊ अर्थपूर्ण ढंगले मुसुक्क हाँसेर पाँचको नोट दिँदै भन्छ ।

साहुनी ‘मैयाँ’ शब्दले गर्दा झस्केर ऊतिर हेर्छे। ऊ पासो थापेर बसेको शिकारी झैँ चनाखो भएर साहुनितिर हेर्दैछ । साहुनीले उसको आँखा र हँसिलो अनुहारमा के देख्छे कुन्नि, बट्टा खोलेर छिटोछिटो दशवटा गैँडा चुरोट ऊतिर लम्काउँदै कन्तुरमा चानचुन खोज्न थाल्छे ।

ऊ दशवटा चुरोटको साथसाथै पाँचवटा औँला पनि तान्न खोज्छ, हुँदैन । साहुनी ध्यान चानचुन खोज्नतिर लागेकाले यस कुरातिर कुनै वास्ता हुँदैन ।

चानचुन त छैन बाजे, अरु के चाहिन्छ ?

‘बाजे’ले उसलाई झस्काएर ‘नाति’ छेउ र्पुयाउँछ । नाति झैँ मुसुक्क हाँसेर रवाफिलो स्वरमा अर्थपूर्ण दृष्टि दिँदै भन्छ, भैगो, दिनुपर्दैन ।
ऊ निधारमा गाँठो पारेर भन्छे, किन ?

किन ? ऊ अलमलिन्छ । ऊ अलमलमा परिराखेकै बेला साहुनीले पसलभित्रको सानो ढोकाबाट के भन्छे कुन्नि एउटा लोग्नेमान्छे त्यहाँबाट गोजीमा हात हाल्दै बाहिर निस्कन्छ र चानचुन पैसा ऊतिर लम्काउँदै रिसाएको स्वरमा भन्छ, लेऊ ।

ऊ परिस्थिति नबुझेर नाति झैँ कल्पनामा रङ्गमगिँदै उस्तै रवाफिलो स्वरमा घोषणा गरे झैँ भन्छ, भैगो भैगो पर्दैन ।

किन पर्दैन बाज्या ? भनेर उसले चानचुन पैसा भूँइमा छर्दै उसको खुइलिएको जर्किन समातेर मुण्ट्याइदिन्छ ।
पैसाको साथै झोलाका चीजबीजहरु पनि छरिएछन् ।

ऊ ‘नाति’ को प्रभावलाई मनमनै सराप्दै आफ्नो अनुभव बटुल्न थाल्छ ।

के भो ? के भो ?

मुण्टो उचालेर पुलुक्क हेर्दा उसलाई लाग्छ, त्यहाँ साहुनी मैयाँको सट्टा बजै मैयाँ ऊतिर हेरेर मुसुमुसु हाँस्दैछिन् ।
मानिसहरु बटुलिन्छन् । मात्र तमासा हेर्ने ।

(तिम्री स्वास्नी र म कथा संग्रहबाट)

Tags: #साहित्यटाकुरा विशेषमनु ब्राजाकी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

वीपी प्रतिष्ठानमा अत्याधुनिक त्रिआयामिक दन्त स्क्यान सेवा, पूर्वी नेपालका बिरामीलाई सहज हुने
समाचार

वीपी प्रतिष्ठानमा अत्याधुनिक त्रिआयामिक दन्त स्क्यान सेवा, पूर्वी नेपालका बिरामीलाई सहज हुने

by टाकुरा न्यूज । इटहरी
असार १२, २०८३
0

धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले दन्त उपचार तथा रोग निदानलाई थप प्रभावकारी बनाउन अत्याधुनिक त्रिआयामिक (थ्रीडी) दन्त...

गिरिजाबाबुको बैठक कक्षमा प्रचण्ड–माधव–शेखरको राजनीतिक संवाद
FEATURE BREAKING

गिरिजाबाबुको बैठक कक्षमा प्रचण्ड–माधव–शेखरको राजनीतिक संवाद

by टाकुरा न्यूज । इटहरी
असार १२, २०८३
0

विराटनगर : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपाली कांग्रेसका...

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशीका मन्त्रालयमा ‘असारे खर्च’ : कर्मचारीकै ‘सेटिङ’मा नक्कली बिलदेखि कमिसनसम्मको आरोप

असार ११, २०८३
उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित

उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित

असार ११, २०८३
झापामा टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

झापामा टिपरको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु

असार ११, २०८३
उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

उद्योग वाणिज्य संघ इटहरीको अध्यक्षमा काफ्ले र भण्डारीको प्रतिस्पर्धा, दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

असार ११, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

वीपी प्रतिष्ठानमा अत्याधुनिक त्रिआयामिक दन्त स्क्यान सेवा, पूर्वी नेपालका बिरामीलाई सहज हुने

वीपी प्रतिष्ठानमा अत्याधुनिक त्रिआयामिक दन्त स्क्यान सेवा, पूर्वी नेपालका बिरामीलाई सहज हुने

असार १२, २०८३
गिरिजाबाबुको बैठक कक्षमा प्रचण्ड–माधव–शेखरको राजनीतिक संवाद

गिरिजाबाबुको बैठक कक्षमा प्रचण्ड–माधव–शेखरको राजनीतिक संवाद

असार १२, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशीका मन्त्रालयमा ‘असारे खर्च’ : कर्मचारीकै ‘सेटिङ’मा नक्कली बिलदेखि कमिसनसम्मको आरोप

असार ११, २०८३
उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित

उवासंघ इटहरी निर्वाचन : तीन पदमा नवराज काफ्ले समूहका उम्मेदवार निर्विरोध निर्वाचित

असार ११, २०८३



लाेकप्रिय

  • सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

    ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    396 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    380 shares
    Share 152 Tweet 95
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    349 shares
    Share 140 Tweet 87

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.