धरान : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा थप एक कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ।
प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणी पोखरेलका अनुसार ताप्लेजुङ यङवरक १ की ६५ वर्षीया वृद्धाको मृत्यु भएको हो ।
उनको कोभिड अस्पतालमा मंगलबार) आज बिहान ३ बजेर ३० मिनेटमा मृत्यु भएको पोखरेलले जानकारी दिए ।
कोरोनाविरुद्धको खोप नलगाएकी वृद्धालाई माघ २३ गते संक्रमण पुष्टि भएको थियो भने सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
उनको शव नियम अनुसार व्यवस्थापन भएको प्रतिष्ठानले जनाएको छ ।














Discussion about this post