झापा :झापाको कमल गाउँपालिका ४ स्थित पूर्व–पश्चिम राजमार्गमा बोलेरोको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा शिवशताक्षी ८ का ४१ वर्षीय नरबहादुर गहतराज रहेका छन् ।
मे १ च ११६७ नम्बरको बोलेरोले मे ६ प २७१६ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ गम्भीर घाइते भएका स्कुटर चालक गहतराजको उपचारको क्रममा दमक लाईफलाईन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न बोलेरो र चालक मोरङ रंगेलीका दीपक अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।














Discussion about this post