धरान : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुुसार मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका १० का ४० बर्षीय पुरुष रहेका छन् ।
उनको शुक्रबार (आज) बिहान ५ बजे प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो । पोखरेलका अनुसार मृतकले कोभिड विरुद्धको खोप लगाएका थिए ।
उनलाई माघ २१ गते संक्रमण पुष्टि भएको थियो भने सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शव नियम अनुसार व्यवस्थापन गरिएको प्रतिष्ठानले जनाएको छ ।














Discussion about this post