संखुवासभा : संखुवासभाको सभापोखरी गाउँपालिका २ वितलवमा बाबुको हत्या आरोपमा १७ वर्षीय छोरा पक्राउ परेका छन् ।
स्थानीय ५० वर्षीय दलबहादुर दर्जीको हत्या गरेको आरोपमा उनका साईँला छोरा सुमन दर्जीलाई आज (शनिबार) प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार शुक्रबार राति करिब १२ बजे ती किशोरले दलबहादुरलाई ह्याम्मरले प्रहार गरेको खुलेको छ ।
प्रहारबाट दलबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्रटमका लागि जिल्ला अस्पताल संखुवासभा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post