खोटाङ : खोटाङको ऐँसेलुखर्क गाउँपालिका ७ स्थित भित्री सडक खण्डमा मोटरसाइकलबाट लडेर गाउँपालिकामा कार्यरत कर्मचारीको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा चितवन भरतपुर महानगरपालिका ६ घर भइ खोटाङ जिल्लाको रावाबेसी गाउँपालिकामा कार्यरत प्राविधिक ३१ वर्षीय दीपक ढुंगाना रहेका छन् ।
प्रहरीका अनुसार शनिबार साँझ प्रदेश ३–०२–००७ प ५३३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा पछाडि सवार रहेका ढुंगाना घाइते भएका थिए । उनको उपचारका लागि काठमाण्डौँ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि मोटरसाइकल चालक खोटाङ ऐँसेलुखर्क ३ का हुलास गुरुङलाई इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post