संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका ५ आमराङमा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।
मकालु ५ आमराङ गुरुङ गाउँका ५२ वर्षीय सूर्यबहादुर राईको सोमबार (आज) भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नुम बजारबाट घर फर्किने क्रममा भालुढुङ्गा भीरबाट लडेर राईको घटनास्थलमै मृत्यु भएको हो । उनी अलैँची बेच्न नुम बजार आएका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।












Discussion about this post