Thursday, August 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

रासस by रासस
जेष्ठ २४, २०८३
in समाचार
0
टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज
61
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ । सडक स्तरोन्नति गरिएपछि स्थानीयवासीको दैनिकी सहज बन्दै गएको छ ।

बस्ती क्षेत्रलाई आपसमा जोड्ने मुख्य सडकका रूपमा रहेको यस सडक ग्रामीण जनजीवनका लागि महत्त्वपूर्ण मानिन्छ ।

वडाले हरेक वर्ष सडक मर्मत तथा स्तरोन्नतिका कार्यलाई प्राथमिकतामा राख्दै आएको छ । करिब नौ किलोमिटर लम्बाइ रहेको उक्त सडकको विस्तारकार्य २०६५ सालदेखि कच्ची सडकका रूपमा सुरु गरिएको थियो ।

प्रारम्भिक चरणमा सामान्य ट्रयाक खोलिएको सडकलाई पछिल्ला वर्षहरूमा क्रमशः स्तरोन्नति गर्दै ग्राभेल, सोलिङ, नाली निर्माण तथा चौडाइ विस्तारजस्ता कार्य गरिँदै आएको छ । यसले गर्दा अहिले सडक अधिकांश समय सवारीसाधन सञ्चालनयोग्य बनेको छ ।

उक्त सडकले साविकका वडा नं १ देखि ६ सम्मका बस्तीलाई प्रत्यक्ष रूपमा जोडेको छ । वडासदस्य जीवन राईका अनुसार सडक स्तरोन्नतिपछि गाउँबस्तीका नागरिकले बजार, स्वास्थ्य संस्था, विद्यालय तथा अन्य सेवामा सहज पहुँच पाएका छन् ।

“सडक स्तरोन्नति गरिएपछि आवतजावतमा सहजता छ । यसले दैनिक जीवनमा राहत मिलेको छ”, उनले भने ।

वडाध्यक्ष बालचन्द्र राईका अनुसार सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउने उद्देश्यले योजनाबद्ध रूपमा काम भइरहेको छ ।

वर्षायाममा सडक बिग्रिने समस्या बढी हुने भएकाले नाली व्यवस्थापन, पानी निकास, ग्राभेल बिछ्याउने र आवश्यक ठाउँमा सोलिङ गर्ने काम निरन्तर भइरहेको उनले जानकारी दिए ।

उनका अनुसार आवश्यकताअनुसार सडकका जोखिमयुक्त स्थानमा संरक्षणका संरचना निर्माण गर्ने योजनासमेत अघि बढाइएको छ ।

यसअघि वर्षायाममा हिलाम्मे र चिप्लो हुने तथा हिउँद याममा धुलाम्मे हुने समस्याका कारण आवतजावतमा कठिनाइ हुने गरेको थियो ।

तर पछिल्लो स्तरोन्नतिसँगै यस्ता समस्या क्रमशः घट्दै गएका छन् । सडक सुधारपछि एम्बुलेन्स सेवा सञ्चालनमा सहजतासँगै बिरामीलाई समयमै स्वास्थ्य संस्था पुर्याउन सकिने भएको स्थानीयवासी पदम राईले बताए ।

त्यसैगरी, कृषि उत्पादन ढुवानीमा समेत सहजता आएको छ । तरकारी, फलफूल तथा अन्य कृषिजन्य वस्तु बजारसम्म लैजान सहज भएपछि किसानको आम्दानीमा समेत सकारात्मक प्रभाव परेको छ ।

यातायात पहुँच सुधारसँगै स्थानीय व्यापार–व्यवसाय विस्तार हुने सम्भावना पनि बढेको छ ।

स्थानीय तहको निरन्तर लगानी, जनसहभागिता तथा योजना कार्यान्वयनमा देखिएको सक्रियताका कारण सडक पूर्वाधारमा सुधार हुँदै गएको छ ।

वडाले आगामी दिनमा थप बजेट व्यवस्थापन गरी सडकलाई अझ व्यवस्थित, सुरक्षित र दिगो बनाउने लक्ष्य लिएको छ ।

Tags: #भोजपुर#सडक
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

ड्रोनबाट देखिएको ओखलढुङ्गा रामपुरटारको दृश्य
विविध

ड्रोनबाट देखिएको ओखलढुङ्गा रामपुरटारको दृश्य

by टाकुरा न्यूज । इटहरी
साउन २७, २०८३
0

धान उत्पादनमा प्रख्यात मानिने ओखलढुङ्गाको रामपुरटारमा खेत रोपाइँ सकिएपछि ड्रोनबाट देखिएको दृश्य । जिल्लामा धान लगाउने तीन हजार ८०३ हेक्टर...

विविध

वर-पीपल जोगाउँदै पर्यटकीय गन्तव्य बनाउने अभियान

by रासस
साउन २७, २०८३
0

भोजपुर : टेम्केमैयुङ गाउँपालिका–९ हिलेमा वर–पीपलको संरक्षण गर्दै पर्यटकीय पूर्वाधार विकास गर्ने उद्देश्यले चौतारा निर्माण तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गरिएको...

ओखलढुङ्गाको पलापु गाउँमा माकुराको जालोजस्तै जेलिएका सडक

ओखलढुङ्गाको पलापु गाउँमा माकुराको जालोजस्तै जेलिएका सडक

साउन २७, २०८३
सहिद घोषणा भएपछि सुनसरीका रवीन्द्र मेहताको अन्त्येष्टि

सहिद घोषणा भएपछि सुनसरीका रवीन्द्र मेहताको अन्त्येष्टि

साउन २७, २०८३
कोशी प्रदेश सरकारबाट बाहिरिए कांग्रेसका मन्त्रीहरू

कोशी प्रदेश सरकारबाट बाहिरिए कांग्रेसका मन्त्रीहरू

साउन २७, २०८३
आन्तरिक रावश्व कार्यालय भद्रपुरमा ७५ करोड राजश्व सङ्कलन

इलाम यातायात कार्यालयले एक वर्षमा उठायो १४ करोड ६३ लाख राजस्व

साउन २७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ड्रोनबाट देखिएको ओखलढुङ्गा रामपुरटारको दृश्य

ड्रोनबाट देखिएको ओखलढुङ्गा रामपुरटारको दृश्य

साउन २७, २०८३

वर-पीपल जोगाउँदै पर्यटकीय गन्तव्य बनाउने अभियान

साउन २७, २०८३
ओखलढुङ्गाको पलापु गाउँमा माकुराको जालोजस्तै जेलिएका सडक

ओखलढुङ्गाको पलापु गाउँमा माकुराको जालोजस्तै जेलिएका सडक

साउन २७, २०८३
सहिद घोषणा भएपछि सुनसरीका रवीन्द्र मेहताको अन्त्येष्टि

सहिद घोषणा भएपछि सुनसरीका रवीन्द्र मेहताको अन्त्येष्टि

साउन २७, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1113 shares
    Share 445 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    635 shares
    Share 254 Tweet 159
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    445 shares
    Share 178 Tweet 111
  • इटहरीमा मध्यराति विद्युत प्राधिकरणको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

    372 shares
    Share 149 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.