मोरङ : मोरङको ग्रामथान गाउँपालिका ५ बाङ्गेमा मोटरसाइकलले ठक्कर दिँदा साइकलमा सवार एक जनाको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार विराटनगर–विराट चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को २० प २४७० नम्बरको मोटरसाइकलले शनिबार साँझ ६ बजेतिर साइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा साइकल यात्री ग्रामथान ५ का ५५ वर्षीय शोभालाल माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका माझीको उपचारका क्रममा विराटनगरको गोल्डेन अस्पतालमा राति ८ः३० बजेतिर मृत्यु भएको हो ।
दुर्घटनापछि फरार रहेका मोटरसाइकल चालक २८ वर्षीय नवराज मण्डलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post