भोजपुर : भोजपुरको आमचोक गाउँपालिका–८ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार स्थानीय रामबहादुर श्रेष्ठको जग्गामा रहेको टहराबाट ६२२ केजी ३०० ग्राम गाँजा फेला पारेको हो।
३८ वटा प्लास्टिकका बोरामा लुकाइछिपाइ राखिएको अवस्थामा उक्त परिणामको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
यसैगरी १८ किलो ३३४ ग्राम गाँजाको भुससमेत नियन्त्रणमा लिइएको छ।
घटनामा संलग्न व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। साथै, घटनाबारे थप अनुसन्धान जारी रहेको छ















Discussion about this post